असार १९ २०८२, बिहिबार

कोशी प्रदेशले वैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने

Ads

विराटनगर।कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ। 
सम्मेलनको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । 

May be an image of text that says 'प.सं.:०६१/६२ प.सं. 059\/55 च.नं. गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय गौरादह, भापा कोशी प्रदेश, नेपाल ណង្ कাবোশে सयपालिकाको श्प्ारावह फाप परवेस नेवान मिति -वि.स. ಕೀಂದಿ/ಯತ್ಗ ने.सं. ٩۹۹ चौलागा ។, आईतवार सुचना विषय: सिरुबा पर्वको अवसरमा स्थानीय विदा सम्बन्धी सचना झापा, मोरड प्रस्तुत विपयमा गौरादह नगरकार्यपालिकाको कार्यालयको मिति ನెంದ9/99₹್ को नगर प्रमुखस्तरिय निर्णयानुसार सुनसरी जिल्लाका विमित्न जातजातिहरुले मनाउने स्थानिय चाड रंक्ष् सिरुवाको अवसरमा मिति २०६२/०१/०३ गते बुधवारका दिन गौरादह नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा मातहतका स्वास्थय केन्द्रहरु र शैश्षिक संस्थाहरुमा स्थानीय विदा दिईएको ब्यहोरा निर्णयानुसार सम्पूर्णमा जानकारी गराईनछ έoAa- प्रमुख कृष्ण प्रशासकीय'
सोकेस गर्ने आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा तयारी पूरा भएको उहाँले बताउनुभयो।

Ads

लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो। मुख्यमन्त्री कार्कीले संघीय सरकार सँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्न बताउनुभयो। उहाँले लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको वातावरण निर्माण हुने र यसले रोजगारी सिर्जनामा सहयोग हुने बताउँदै लगानी सम्मेलन मार्फत राष्ट्रिय पुँजीको विकास हुने धारणा राख्नुभयो। राष्ट्रिय आयको वृद्धिमा यसले हयोग पुर्‍याउने चर्चा गर्दै विगतमा भएका लगानी सम्मेलनहरू को पाठ सिक्दै अधिकतम लगानी भित्र्याउने र लगानीको सुनिश्चितताको लागि यो लगानी सम्मेलन सफल हुने मुख्यमन्त्री कार्कीले बताउनुभयो।
वैशाख १८ र १९ गते विराटनगरको वीरेन्द्र सभागृहमा हुने लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रूपैयाँ रुपैयाँको परियोजना सोकसिङ गर्ने तयारी प्रदेश सरकारको छ। प्रदेश सरकारले ५४ वटा योजनाहरू लगानी सम्मेलनको सोकेसमा राख्ने तय गरेको छ।

लगानी सम्मेलनमा सुनिश्चित भएको लगानी कार्यान्वयनमा लैजानका लागि समेत सचेत भएर काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताउनु भयो । 
पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती  रमण भण्डारीले लगानी सम्मेलनका लागि सबै खालका कानुनी अड्चनहरू फुकाउने गरी काम भइरहेको बताउनुभयो।
लगानी सम्मेलनलाई लक्षित गरेर कानुनहरु संशोधन गर्ने र नयाँ कानुन बनाउने काम भइ रहेको उहाँले बताउनु भयो । ८ वटा प्रदेश कानुन संशोधन गर्ने र एउटा नयाँ कानुन बनाउने क्रममा रहेको उहाँले जानकारी दिनुभयो। 
लगानी सम्मेलन पहिलो पटक आयोजना गर्न लागिएकोले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा लगानी सम्मेलनको तयारी अगाडि बढेको मन्त्री भण्डारीले बताउनु भयो । 

Ads

कोशी प्रदेशमा सार्वजनिक, निजी साझेदारी अन्तर्गतका परियोजनाहरूलाई कार्यान्वयनका लागि सरलीकृत वातावरण निर्माण गर्न कानुनी, नीतिगत सुधार र प्रशासनिक सहजता प्रदान गर्ने मन्त्री भण्डारीले जानकारी दिनु भयो ।

लगानी प्राधीकरणका  कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा १५ वटा भौतिक पुर्वाधारमा १४ वटा योजना बनेका छन । यस्तै लगानी सम्मेलनमा कृषीका ९  उद्योगमा ९ वटा परियोजना समाबेस गरिएको छ । 

यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको छ । लगानी सम्मेल्न मार्फत होटल, रिसोर्ट, वाटर पार्क लगायत समेत योजना सोकेशिङ भएका छन । यसै गरि सन्चालनमा रहेका केहि परियोजनालाई समेत सोकेशिङमा राखिएकोछ ।
 कोशी प्रदेश लागानी सम्मेलन सचिवालयका संयोजक तथा प्रदेश सचिव पवन कुमार तिमिल्सेनाका  अनुसारसम्मेलन सफल बनाउन विभिन्न समितिहरू गठन भइसकेका छन् । नीतिगत, कानुनी सुधार तथा प्रशासनिक सहजताका पक्षमा पनि तयारी अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार