कार्तिक १८ २०८२, सोमबार

अछामको बूढीगङ्गा र सहायक खोलामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – गएराति देशका विभिन्न ठाउँमा ठूलो पानी परेको छ । अछाम, तनहुँ, बागलुङ, कास्की, गोरखा, लमजुङ, म्याग्दी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङलगायतका जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Ads

 

 

Ads

ठूलो पानी परेको अछामको बूढीगङ्गा र सहायक खोलामा आकस्मिक बाढीको जोखिम रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै पानी परेका अरू क्षेत्रका साना खोलामा पनि जोखिम रहेकाले सर्तकता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार