असार १५ २०८३, सोमबार

पश्चिमी वायु र अरब सागरको प्रभाव, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Ads

काठमाडौं।
नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव जारी रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली, बाँकी प्रदेशमा भने आंशिक बदली रहनेछ।

Ads

महाशाखाले दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, कोशी र मधेश प्रदेशका थोरै स्थानमा, साथै कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना जनाएको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपात, र कर्णाली प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

Ads

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली, र अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार