वैशाख ३१ २०८३, बिहिबार

उर्लाबारीमा ठूला पूर्वाधार निर्माण योजना तीब्र गतिमा

Ads

 

उर्लाबारी नगरपालिकामा पछिल्ला दिनमा एकपछि अर्को ठूला पूर्वाधार निर्माणका योजना तीब्र गतिमा अघि बढिरहेका छन्।

Ads

उर्लाबारी–१ कोपिला चोकदेखि पूर्वतर्फ बक्रा खोलाको किनारमा नमुना बाँध निर्माण धमाधम भइरहेको छ। करिब १ किलोमिटर लम्बाइमा बन्ने सो बाँध निर्माणमा २० करोड ३१ लाख ९९ हजार ४७५ रुपैयाँ २२ पैसा लागत अनुमान गरिएको छ। नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडाध्यक्ष तिलक पाण्डेलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूले स्थलगत अनुगमन गरेका छन्।

No photo description available.

Ads

यसैगरी उर्लाबारी चौकदेखि हाटखोलासम्म मधुमल्ला सडक खण्डको बजार सौन्दर्यीकरण कार्य धमाधम भइरहेको छ, जसमा नगरपालिकाले ७९ लाख २५ हजार रुपैयाँ लगानी गरेको छ। उर्लाबारी बसपार्क पनि ११ करोड ३ लाख ८५ हजार ८८० रुपैयाँ लागतमा एक बिगाहा १३ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको छ, जसलाई १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ।

यसअघि करिब ४० करोड लागतमा कृष्ण चौक–सुनझोडा सडक ११ महिनामै सम्पन्न भइसकेको छ। अब उर्लाबारी–४ भानुमार्ग–बहादुरबाबा सडक २० करोड ८० लाखको लागतमा बन्ने भएको छ।

Ads

उर्लाबारी–४ र ७ को भद्रमारी हुँदै खाइबाचौकसम्म १३ सय मिटर सडक एक करोड ५० लाखमा निर्माण हुने भएको छ भने उर्लाबारी–७ र ८ को चिउरामिल–न्यूभिजन–आम्बाडी सडक तीन करोड लागतमा बन्नेछ। खानेपानी मार्ग सडक दुई किलोमिटर कालोपत्रे गर्न एक करोड ५० लाख खर्च हुने जनाइएको छ।

नगरपालिकाले तीन वटा पुल निर्माणको तयारी गरेको छ—झुम्राहा पुल (राम्री खोला) तीन करोडमा, रामनगर–पुरानो मंगलबारे तेली खोला पुल, र बाँसेचौरी जाने सुनझोडा खोलामा पुल।

उर्लाबारी–४ को वडा कार्यालय भवन दुई तला ढलान सम्पन्न भइसकेको छ र आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उर्लाबारी–९ का लामाटोली, भोटेपुल, छिन्ताङ्गेटोल र डाँडागाउँ सडक कालोपत्रका लागि स्थलगत अनुगमन गरिएको छ। सो सडक तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत तीन करोडको बजेटमा करिब ४ किलोमिटर कालोपत्रे हुने योजना रहेको छ।

गत आर्थिक वर्षमा मात्र उर्लाबारी नगरपालिकाले करिब १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार