आश्विन ०१ २०८३, बिहिबार

शुभलक्ष्मीको उपाध्यक्षमा कटुवाल कि रिजाल? मतदान केन्द्रमा कसले उतार्ला बढी मतदाता?

पद उपाध्यक्ष, प्रतिस्पर्धा रोमाञ्चक; सर्वसम्मतिको प्रयास असफल, अब नजर असोज ४ को मतदानमा


 

गौरादह। शुभलक्ष्मी सहकारी संस्था लिमिटेड गौरादहको उपाध्यक्ष पदको निर्वाचन अब केवल एउटा पदाधिकारी छान्ने विषयमा सीमित देखिँदैन। रामकाजी कटुवाल र डिल्ली प्रसाद रिजालबीचको प्रतिस्पर्धाले सहकारीको चुनावी माहोल तातेको छ। संस्थाका अन्य पदमा सर्वसम्मति बने पनि उपाध्यक्ष पदमा सहमति जुट्न नसक्दा अब सदस्यको मतबाट नेतृत्व चयन हुने भएको छ। निर्वाचन असोज ४ गते हुँदैछ।

दुवै उम्मेदवारले एकले अर्कालाई समर्थन गर्ने सम्भावनाबारे आपसमा संवाद र वार्तासमेत गरे। तर अन्तिम निष्कर्ष निस्किएन। सहमतिको प्रयास अझै कतै न कतै जारी रहे पनि दुवै पक्ष अहिले चुनावी तयारीमा देखिन्छन्।

अर्थात् सम्झाउने प्रयास भयो, संवाद भयो, तर सहमति भएन। अब फैसला मतपेटिकाले गर्ने अवस्था बनेको छ।

आखिर कसलाई छान्ने?

यही प्रश्न अहिले शुभलक्ष्मीका शेयर सदस्यबीच चर्चामा छ।

रामकाजी कटुवाल नेपाल प्रहरीमा इन्स्पेक्टर पदसम्मको जिम्मेवारी सम्हालेर हालै सेवा निवृत्त भएका व्यक्ति हुन्। लामो राष्ट्रसेवा, प्रशासनिक जिम्मेवारी र संगठनात्मक अनुभव उनको उम्मेदवारीको प्रमुख आधार बनेको छ।

डिल्ली प्रसाद रिजाल भने शुभलक्ष्मी सहकारीसँग लामो समयदेखि जोडिएका शेयर सदस्य हुन्। २०५७ सालदेखि विभिन्न उपसमिति तथा मूल कार्यसमितिमा रहेर काम गरेको अनुभव उनीसँग रहेको बताइन्छ। संस्थाको आन्तरिक संरचना, कार्यशैली र सदस्यसँगको सम्बन्धमा उनको लामो संलग्नता छ।

त्यसैले यो प्रतिस्पर्धामा दुई फरक किसिमका अनुभव आमनेसामने छन्,  एकातिर राष्ट्रसेवाबाट आएको प्रशासनिक अनुभव, अर्कोतिर सहकारीभित्रै लामो समय काम गरेको संस्थागत अनुभव।

यहीँबाट अर्को प्रश्न जन्मिन्छ -  ‘टेस्टेड’ व्यक्ति कि नयाँ अनुभव?

सहकारीको चुनाव, बाहिर राजनीतिक गन्ध

शुभलक्ष्मीको निर्वाचनसँगै गौरादहमा अर्को बहस पनि सतहमा आएको छ -  सहकारीको चुनावमा राजनीति कति हुन्छ?

‘सहकारीमा राजनीति हुनु हुँदैन’ भन्ने धारणा सुनिँदै आएको भए पनि व्यवहारमा त्यसलाई पूर्ण रूपमा अलग राख्न सहज देखिँदैन। बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्थामा सामाजिक जीवनका विभिन्न क्षेत्रमा राजनीतिक विचार, सम्बन्ध र प्रभाव देखिनु अस्वाभाविक मानिँदैन। तर सहकारीजस्तो सदस्यको बचत र आर्थिक हितसँग जोडिएको संस्थाको नेतृत्वमा राजनीतिक प्रभावको सीमा कति हुनुपर्छ भन्ने प्रश्न भने बहसको विषय बन्न सक्छ।

यसपटक शुभलक्ष्मीको निर्वाचनमा पनि उम्मेदवारको राजनीतिक पृष्ठभूमि र सम्बन्धबारे चर्चा भइरहेको छ। कटुवाल नेपाली कांग्रेससँग आबद्ध रहेको बताइन्छ भने रिजालले आफूलाई स्वतन्त्र मान्दै आएका छन्। उनि पुराना माओबादी कार्यकर्ता पनि हुन्।   रिजालको विभिन्न राजनीतिक समूहसँगको सम्बन्धबारे पनि स्थानीय वृत्तमा चर्चा हुने गरेको छ। यी राजनीतिक सम्बन्धलाई उम्मेदवारको संस्थागत क्षमता वा निर्वाचन परिणामसँग सिधै जोड्ने आधार भने मतपरिणामअघि नै निष्कर्षमा पुर्‍याउन सकिने विषय होइन।

तर एउटा कुरा भने देखिन्छ -  राजनीतिक परिचय सहकारीको ढोकाबाहिर छाडेर भित्र पस्ने प्रयास गरे पनि परिचित अनुहारलाई सदस्यले पूर्ण रूपमा बिर्सन्छन् कि बिर्सँदैनन् भन्ने प्रश्न सजिलो छैन।

त्यसैले कटुवाल र रिजालको प्रतिस्पर्धालाई केहीले सहकारीभित्रको नेतृत्व चयनका रूपमा हेरेका छन् भने केहीले यसलाई स्थानीय राजनीतिक प्रभाव र सामाजिक सम्बन्धको कोणबाट समेत हेरिरहेका छन्।

यही कारण दुवै पक्षले आफ्नो अडान नछोडी “निर्णय सदस्यले गरून्, परिणाम जे आउँछ स्वीकार गरौँ” भन्ने मनस्थितिमा पुगेको देखिन्छ।

असली खेल अब मतदान केन्द्रमा

शुभलक्ष्मीमा ३ हजार ५९७ शेयर सदस्य छन्।

तर यति धेरै सदस्य भएको संस्थामा एउटा मात्रै पदका लागि निर्वाचन हुँदैछ। त्यसैले असोज ४ गतेको सबैभन्दा ठूलो प्रश्न ‘कसको पक्षमा कति मत छ?’ भन्दा पनि ‘मतदान केन्द्रमा कति मतदाता आइपुग्छन्?’ भन्ने हुन सक्छ।

अझ रोचक कुरा -  असोज ३ गते २८औँ वार्षिक साधारणसभाको खुला सत्र हुँदैछ र भोलिपल्टै मतदान हुनेछ।

साधारणसभामा उपस्थित सदस्यहरू भोलिपल्ट फेरि मतदान गर्न आउलान्? हजारौँ शेयर सदस्यलाई दोस्रो दिन मतदान केन्द्रसम्म ल्याउन सकिएला?

यही प्रश्नले अहिले दुवै पक्षलाई सोच्न बाध्य बनाएको देखिन्छ।

किनकि निर्वाचनमा मत माग्नु एउटा कुरा हो, मतदाता मतदान केन्द्रसम्म ओराल्नु अर्को कुरा।

अहिले दुवै पक्षका मानिसहरू सदस्यको घरदैलोदेखि फोन सम्पर्कसम्म सक्रिय छन्। प्रत्यक्ष भेटघाट भइरहेको छ। साथीभाइलाई भन्न लगाइएको छ। आफन्त र चिनजानका व्यक्तिमार्फत आग्रह भइरहेको छ। अर्थात्, मत माग्ने अभियानभन्दा पनि ‘मतदाता व्यवस्थापन’तर्फ ध्यान गएको देखिन्छ।

यहीँबाट निर्वाचनको वास्तविक गणित सुरु हुन्छ।

जसले बढी मतदाता ओराल्न सक्यो?

निर्वाचनको अघिल्लो रातसम्म दुवै पक्षले आफ्नो हिसाब गरिरहेका हुनेछन्।

कति सदस्य आफ्नो पक्षमा छन्?
कति सदस्य निश्चित छैनन्?
कति जना सम्पर्कमा आएका छन्?
र सबैभन्दा महत्वपूर्ण -  मतदानको दिन तीमध्ये कति जना वास्तवमै मतदान केन्द्रमा पुग्छन्?

त्यसैले यो निर्वाचनमा व्यक्तिगत लोकप्रियता, संस्थागत अनुभव र राजनीतिक–सामाजिक सम्बन्धसँगै मतदातालाई मतदान केन्द्रसम्म ल्याउने क्षमता पनि महत्वपूर्ण हुन सक्छ।

हजारौँ सदस्य भएको संस्थामा सबै मतदाता उपस्थित नहुँदा कम सहभागिताको अवस्थामा आफ्नो पक्षका मतदाता बढी संख्यामा उपस्थित गराउन सक्ने समूहको मत प्रतिशत स्वाभाविक रूपमा बलियो हुन सक्छ।

यसकारण अहिलेको चुनावी माहोल हेर्दा एउटा स्थानीय भनाइले समेत अर्थ पाउन थालेको छ -  “मत जसको पक्षमा छ, जित उसैको; तर मतदाता मतदान केन्द्रसम्म आएन भने त्यो मतको अर्थ के?”

‘टेस्टेड’ कि ‘नयाँ’?

रिजालसँग संस्थाभित्र लामो समय काम गरेको अनुभव छ। कटुवालसँग राष्ट्रसेवा र प्रशासनिक जिम्मेवारीको अनुभव छ।

एकजनालाई सदस्यले “हामीले देखिसकेको व्यक्ति” का रूपमा हेर्न सक्छन् भने अर्कोतर्फ अर्का उम्मेदवारलाई “नयाँ जिम्मेवारीमा नयाँ अनुभव ल्याउन सक्ने व्यक्ति” का रूपमा हेर्न सक्ने अवस्था छ।

तर अन्तिम निर्णयमा उम्मेदवारको परिचयभन्दा पनि सदस्यको व्यक्तिगत मूल्यांकन निर्णायक बन्नेछ।

कसैले संस्थाभित्रको निरन्तरताको पक्ष रोज्न सक्छन्। कसैले नयाँ अनुभव र नयाँ कार्यशैलीलाई प्राथमिकता दिन सक्छन्। कसैले राजनीतिक परिचयभन्दा उम्मेदवारको व्यक्तिगत सम्बन्ध र व्यवहारलाई हेर्न सक्छन्। अनि कसैले यी सबैभन्दा माथि संस्थाको भविष्यलाई राख्न सक्छन्।

अनि जोडिन्छ स्थानीय निर्वाचनको गणित

यही निर्वाचनको अर्को रोचक पाटो हो - आगामी स्थानीय निर्वाचन।

गौरादहमा आगामी स्थानीय निर्वाचन नजिकिँदै गर्दा शुभलक्ष्मीको निर्वाचनमा बनेको सामाजिक सम्बन्ध, समूहगत समीकरण र मतको परिचालनले भविष्यको स्थानीय राजनीतिक वातावरणमा कुनै प्रभाव पार्छ कि पार्दैन भन्ने चर्चा सुरु भइसकेको छ।

यसलाई तत्कालै स्थानीय निर्वाचनको पूर्वाभ्यास भन्न मिल्दैन। तर स्थानीय तहमा एउटै समाज, एउटै मतदाता र एउटै सामाजिक सञ्जालबीच हुने यस्ता प्रतिस्पर्धाले सम्बन्ध र समीकरणमा केही प्रभाव पार्न सक्ने भएकाले चासो बढ्नु स्वाभाविक हो।

त्यसैले अहिले प्रश्न केवल “शुभलक्ष्मीको उपाध्यक्ष को बन्ला?” भन्ने छैन।

प्रश्न यति पनि हो -  “असोज ४ गते कसले आफ्नो पक्षका मानिसलाई मतदान केन्द्रसम्म बढी उतार्न सक्छ?”

अन्तिम फैसला मतपेटिकाको

अहिले नै कसले जित्छ भनेर अनुमान लगाउन सकिने अवस्था छैन। दुवै पक्ष आ–आफ्नो हिसाबमा बलियो देखिन खोजिरहेका छन्। दुवै पक्षले सदस्यसँग सम्पर्क बढाएका छन्। र दुवै पक्षले अन्तिमसम्म आफ्नो पक्षमा वातावरण बनाउन प्रयास गरिरहेका छन्।

असोज ४ गते बिहान मतदान केन्द्र खुल्दा भने अहिलेका सबै दाबी, गणित र अनुमान एकपटक फेरि परीक्षण हुनेछन्।

कसको संगठन बलियो देखिन्छ?
कसको व्यक्तिगत सम्बन्ध काम गर्छ?
कसको ‘टेस्टेड’ छवि मतमा बदलिन्छ?
कसको नयाँ अनुभवप्रतिको आकर्षण मतपेटिकासम्म पुग्छ?
र सबैभन्दा महत्वपूर्ण -  कसले आफ्ना मतदातालाई मतदान केन्द्रसम्म ओराल्न सक्छ?

अन्तिम उत्तर मतपेटिकाले दिनेछ।

शुभलक्ष्मीको उपाध्यक्ष पदका लागि कटुवाल कि रिजाल?

अहिले यसको उत्तर कसैसँग छैन।

तर असोज ४ गते साँझसम्म एउटा कुरा भने प्रस्ट हुनेछ  -  सदस्यले कसलाई रोजे र मतदान केन्द्रमा उपस्थित मतदाताले शुभलक्ष्मीको नेतृत्वको दिशा कता मोडे।

May be an image of textMay be an image of textMay be an image of ‎text that says '‎गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय गौरादहगर परालिका कोशी प्रवेशहनेपाल 다.고-장O토크/마Y १९ ၃၀၃//မ बाइ्टा मन्दिर R0 २०5३/६/६ साईलेस उद्योग चिडरा मिल सम्म २१ हेक अधिकारी २०६३/६/७ 9842622591 शेठ्ठको किराना प्सस) सम्म २२ सबिना धिमाल २०5३/६/5 होरामारी शरजार 9842462377 सम्म २३ ၃၀၃/./၇ कार्यासय सम्म २४ २०5३/६/१० सघारभूत स्वा.से.केन्द्र-४ २५ सम्म マ0Cヨノパ/ス वालुबयान बजार عط सम्म ಂನ/ कल्पना निरौला खयरवारी शिवालय मन्दिर 9863718674 لا २७ सम्म २०६३/६/७ कमला पोखरेल कटकपुर शिवालय 9815953095 义 २ए SO고R/s/도 चप्रामारी जोशीको बर 노 २९ सम्म ಧೆಂಧವಿ/ಳಳ शन्तिषौक मन्दिर ခို၀ सम्म २०५३/६/१० स्वास्थय 39 सम्म 상O도원/토/노 जनज्योती मा.वि. ६ सम्म सुरिला राजवंशी 9816939369 ভবসবাহদ4 बरिष्ठ आरडोी औौरावट‎'‎May be an image of ticket stub and textMay be an image of ‎ticket stub and ‎text that says '‎गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय गौरादह नगर पालिका ऋैकोशी प्रेर्सुशीेल 더.패:-구ㅇㄷ콩/다Y ब.मं. لالا २०५३/६/७ भुंडेसिमल नरिवल गाद्धी तेलगानी महाराजथान बजे ال सम्म २०६३/६/5 जोरपोल चौक 5 قالا सम्म २०६३/६/९ राजवंशी द حد सम्म 20드2/5/90 आधारभूत स्वास्थ्य सेवा केन्द्र-ए ४९ सम्म SO드콩/티X ဝ सम्म 2O주국/6/X बेदमाया खतिबडा लेखनाथ आा.वि. 9842657832 봇9 सुम्म २००३/६/६ टंककुमार शिवाकोटी 90 सिदविदाता आ.वि. 9805373668 १ ५२ सम्म २०5३/६/७ दैगुनधुरा बजार चौतारा ؟ 보ᄏ सम्म 3O53E/5 जीवनज्योती आ.वि. م सम्म २०६३/६/९ दहगाईी ९ 낯봇 सम्म ₹ದನಿ//೦ स्वास्ट्य चौकी बैगुनघरा वर्ज सम्म 42003 पर्रुराम भट्टराई) बरिष्ठ जनस्वास्थ्य अधिकृत पशुराम भूर अधिकत बरिक पशंरामताहथय जनस्वासथग गौरावह नगरपालिका तह‎'‎‎


 

प्रतिक्रिया

सम्बन्धित समाचार