भदौ ३१ २०८३, बुधवार

गौरादहमा ‘गोल्डेन रोबो बुट क्याम्प’ : २० विद्यालयका ४० विद्यार्थीले सिक्नेछन् रोबोटिक्स

गौरादह। प्रविधिको विकाससँगै विद्यालय तहका विद्यार्थीलाई रोबोटिक्स तथा प्रविधिको प्रयोगात्मक ज्ञानसँग जोड्ने उद्देश्यले गौरादहमा ‘Golden Robo Boot Camp’ आयोजना हुने भएको छ। कार्यक्रममा गौरादह क्षेत्रका २० वटा विद्यालयबाट करिब ४० जना विद्यार्थी सहभागी हुनेछन्।

PI Innovation को प्राविधिक सहजीकरण तथा Golden Sunrise English School र Robotics Association of Golden Sunrise (RAGS) को समन्वयमा आयोजना हुने बुट क्याम्पमा विद्यार्थीले रोबोटिक्सका आधारभूत अवधारणादेखि विभिन्न रोबोटिक परियोजना निर्माणसम्मको प्रत्यक्ष अभ्यास गर्नेछन्।

कार्यक्रमको मुख्य आकर्षण Robo Workshop, Robo Exhibition र Robo Race रहनेछ। तीनवटै गतिविधिलाई विद्यार्थीको सिकाइ, सिर्जनशीलता र प्रयोगात्मक क्षमतासँग जोडेर अघि बढाइने आयोजकले जनाएको छ।

बुट क्याम्पको पहिलो महत्वपूर्ण गतिविधि Robo Workshop हुनेछ। कार्यशालामा सहभागी विद्यार्थीले रोबोटिक्सका आधारभूत अवधारणा, विभिन्न कम्पोनेन्टको परिचय तथा तिनको प्रयोगबारे जानकारी लिनेछन्।

केवल सैद्धान्तिक जानकारीमा सीमित नराखी विद्यार्थीलाई आफैंले विभिन्न robotic projects निर्माण गर्ने practical experience प्रदान गरिनेछ। यसबाट विद्यार्थीले आफूले सिकेको प्रविधिलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनेछन्।

रोबोटिक्सलाई जटिल विषयका रूपमा मात्र बुझ्ने विद्यार्थीका लागि यस्तो प्रयोगात्मक अभ्यासले प्रविधिप्रतिको रुचि बढाउन तथा नयाँ कुरा सिर्जना गर्ने आत्मविश्वास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष Robo Exhibition हुनेछ। यसमा Golden Sunrise English School का विद्यार्थीहरूले रोबोटिक्ससम्बन्धी सिकाइ र अभ्यासबाट तयार पारेका विभिन्न प्रोजेक्ट प्रदर्शन गर्नेछन्।

विद्यार्थीले बनाएका प्रोजेक्टलाई प्रदर्शनीमार्फत अरू विद्यार्थी, अभिभावक तथा सरोकारवालामाझ प्रस्तुत गरिनेछ। यसले विद्यार्थीलाई आफूले निर्माण गरेको प्रविधिबारे व्याख्या गर्ने, प्रश्नको सामना गर्ने र आफ्नो सिर्जना सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसरसमेत दिनेछ।

कार्यक्रमको अन्तिम तथा रोचक गतिविधिका रूपमा Robo Race प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा विद्यार्थीले बुट क्याम्पमै सिकेर निर्माण गरेका Remote Control Car प्रयोग गरेर प्रतिस्पर्धा गर्नेछन्।

वर्कसपमा सिक्ने, आफैंले सामग्री प्रयोग गरेर रिमोट कन्ट्रोल कार तयार गर्ने र त्यसपछि त्यसै कारलाई प्रतियोगितामा दौडाउने भएकाले Robo Race विद्यार्थीका लागि सिकाइसँगै मनोरञ्जन र चुनौतीको संयोजन बन्नेछ।

May be an image of ticket stub and textMay be an image of ‎ticket stub and ‎text that says '‎गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय गौरादह नगर पालिका ऋैकोशी प्रेर्सुशीेल 더.패:-구ㅇㄷ콩/다Y ब.मं. لالا २०५३/६/७ भुंडेसिमल नरिवल गाद्धी तेलगानी महाराजथान बजे ال सम्म २०६३/६/5 जोरपोल चौक 5 قالا सम्म २०६३/६/९ राजवंशी द حد सम्म 20드2/5/90 आधारभूत स्वास्थ्य सेवा केन्द्र-ए ४९ सम्म SO드콩/티X ဝ सम्म 2O주국/6/X बेदमाया खतिबडा लेखनाथ आा.वि. 9842657832 봇9 सुम्म २००३/६/६ टंककुमार शिवाकोटी 90 सिदविदाता आ.वि. 9805373668 १ ५२ सम्म २०5३/६/७ दैगुनधुरा बजार चौतारा ؟ 보ᄏ सम्म 3O53E/5 जीवनज्योती आ.वि. م सम्म २०६३/६/९ दहगाईी ९ 낯봇 सम्म ₹ದನಿ//೦ स्वास्ट्य चौकी बैगुनघरा वर्ज सम्म 42003 पर्रुराम भट्टराई) बरिष्ठ जनस्वास्थ्य अधिकृत पशुराम भूर अधिकत बरिक पशंरामताहथय जनस्वासथग गौरावह नगरपालिका तह‎'‎‎

प्रतिक्रिया

सम्बन्धित समाचार