झापामा ‘झापाली खसी बोका फ्रेस हाउस’, घरमै ताजा मासुको होम डेलिभरी
बिर्तामोड। झापामा पहिलोपटक बोसो रहित ताजा खसी–बोकाको मासु उपलब्ध गराउने उद्देश्यले ‘झापाली खसी बोका फ्रेस हाउस’ सञ्चालनमा आएको छ।
बिर्तामोड–४, मुक्तिचोकदेखि करिब ५०० मिटर दक्षिण भद्रपुर रोडमा रहेको फ्रेस हाउसले ग्राहकको आवश्यकता र मागअनुसार ताजा मासु उपलब्ध गराउने जनाएको छ।
फ्रेस हाउसका सञ्चालक बिक्की निरौलाका अनुसार विवाह, पार्टी, पिकनिक, होटल तथा घरायसी प्रयोजनका लागि आवश्यक पर्ने ताजा मासु उपलब्ध गराइनेछ। ग्राहकको मागअनुसार बोसो कम भएको वा बोसो रहित मासु समेत उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।
फ्रेस हाउसले बिर्तामोडदेखि उत्तरतर्फ सन्चरे–जयपुर, दक्षिणतर्फ हल्दिबारी, पूर्वतर्फ चारआली र पश्चिमतर्फ लक्ष्मीपुरसम्म होम डेलिभरी सेवा समेत सञ्चालन गरेको छ।
ग्राहकले फोनमार्फत आफ्नो आवश्यकता र परिमाण बताउन सक्नेछन्। त्यसअनुसार मासु तयार गरी घरमै पुर्याउने व्यवस्था गरिएको सञ्चालक निरौलाले जानकारी दिनुभयो।
प्रतिक्रिया