बोराक्स, जिंक सल्फेट र सल्फरको बजार दररेट उपलब्ध गराउन आपूर्तिकर्तालाई आग्रह
गौरादह। गौरादह नगरपालिकाको कृषि विकास शाखाले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार कृषि सामग्री खरिदका लागि दररेट माग गरेको छ।
नगरपालिकाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ को उपनियम (२) बमोजिम बोराक्स, जिंक सल्फेट मोनोहाइड्रेट र सल्फरको प्रचलित बजार दररेट उपलब्ध गराउन आपूर्तिकर्ता तथा फर्महरूलाई सूचना जारी गरेको हो।

नगरपालिकाले प्रकाशित गरेको सूचनामा आपूर्तिकर्ता तथा फर्महरूले आफूले आपूर्ति गर्न सक्ने सामग्रीको प्रचलित बजार मूल्य स्पष्ट रूपमा उल्लेख गरी दररेट पेस गर्नुपर्ने जनाएको छ। प्राप्त दररेटका आधारमा लागत अनुमान तयार गरी खरिद प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।
सूचनामा बोराक्सका लागि Sodium Tetraborate प्रयोग गर्नुपर्ने र त्यसमा तौलका आधारमा न्यूनतम १०.५ प्रतिशत बोरोन हुनुपर्ने उल्लेख छ। त्यसैगरी जिंक सल्फेट मोनोहाइड्रेटमा तौलका आधारमा न्यूनतम ३३ प्रतिशत जिंक र १५ प्रतिशत सल्फर हुनुपर्ने तथा सल्फरमा तौलका आधारमा न्यूनतम ९० प्रतिशत सल्फर हुनुपर्ने specification तोकिएको छ।
नगरपालिकाले सम्बन्धित आपूर्तिकर्ता तथा फर्महरूलाई सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक विवरणसहित दररेट पेस गर्न आग्रह गरेको छ।
कृषि विकास शाखाले किसानका लागि आवश्यक कृषि सामग्री खरिद प्रक्रिया अघि बढाउन बजार मूल्य संकलन तथा लागत अनुमान तयारीको काम थालेको हो। सूचनाअनुसार सामग्री खरिद गर्दा तोकिएको specification पूरा गर्नुपर्नेछ।
प्रतिक्रिया