गौरादहमा आज झुला–झुलान कार्यक्रम, सात समूहको प्रस्तुति
गौरादह, भदौ १६ - गौरादहस्थित राधाकृष्ण मन्दिरमा भइरहेको झुला–झुलान कार्यक्रमअन्तर्गत आज मंगलबार विभिन्न भजन–कीर्तन तथा सांस्कृतिक समूहले प्रस्तुति दिने भएका छन्।
आजको कार्यक्रममा जनकेश्वर शिवालय, सिर्जनशील महिला समूह, दुर्गा भजन कीर्तन समूह, पाथीभरा कीर्तन मण्डली, निलगिरी कीर्तन मण्डली, सिंहदेवी कीर्तन मण्डली र नमुना हरि कीर्तन मण्डलीले क्रमशः आफ्नो प्रस्तुति प्रस्तुत गर्ने आयोजकले जनाएको छ।
कार्यक्रममा धार्मिक तथा सांस्कृतिक प्रस्तुतिसँगै संगिनी र आकर्षक नृत्य समेत प्रस्तुत गरिनेछ। साथै, नेपाली मौलिक संस्कृतिसँग जोडिएको डडिया नृत्य पनि कार्यक्रमको विशेष आकर्षण रहनेछ।
राधाकृष्ण मन्दिरमा भइरहेको झुला–झुलान कार्यक्रममा सहभागी भई धार्मिक तथा सांस्कृतिक प्रस्तुतिको आनन्द लिन सम्पूर्ण भक्तजन तथा स्थानीयवासीलाई आयोजकले अनुरोध गरेको छ।
कार्यक्रममा समयमै उपस्थित भई नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा साथ दिन आयोजकले सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया