राधाकृष्ण मन्दिरले सार्वजनिक गर्यो रथयात्राको आम्दानी तथा खर्च विवरण
नगरस्तरीय रथयात्राका लागि विभिन्न क्षेत्रबाट १ लाख ६४ हजार ४४६ रुपैयाँ आम्दानी, कार्यक्रम सञ्चालनमा १ लाख ६० हजार २४३ रुपैयाँ खर्च
गौरादह। झापाको गौरादह–१ स्थित श्री राधाकृष्ण मन्दिरले यस वर्ष आयोजना गरिएको नगरस्तरीय रथयात्राको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको छ। मन्दिरले रथयात्रा सम्पन्न गर्न सहयोग गर्ने नगरपालिका, वडा कार्यालय, संघसंस्था, दातालगायत सबैप्रति आभार व्यक्त गर्दै आर्थिक विवरण सार्वजनिक गरेको हो।

मन्दिरले सार्वजनिक गरेको विवरणअनुसार रथयात्रा सञ्चालनका लागि विभिन्न स्रोतबाट गरी १ लाख ६४ हजार ४४५ रुपैयाँ आम्दानी भएको छ। आम्दानीतर्फ भेटीबाट ९ हजार ३५ रुपैयाँ, रथयात्राको रथबाट ६४ हजार ८४४ रुपैयाँ, बैंक जम्माबाट १० हजार ५६६ रुपैयाँ र गौरादह नगरपालिकाबाट ५५ हजार रुपैयाँ प्राप्त भएको उल्लेख छ। त्यस्तै संघसंस्थाबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको विवरणमा जनाइएको छ।
राधाकृष्ण मन्दिरले सार्वजनिक गर्यो रथयात्राको आय–व्यय, बचत भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको आयोजक समितिले जनाएको छ।
रथयात्रा व्यवस्थापनका क्रममा प्राप्त सहयोगले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेको मन्दिरले जनाएको छ।
मन्दिरले आगामी दिनमा पनि यस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोगको अपेक्षा गरेको जनाएको छ।
आम्दानी–खर्चको हिसाब सार्वजनिक गर्नुले धार्मिक कार्यक्रमप्रतिको आर्थिक पारदर्शिता कायम गर्नसमेत सहयोग पुग्ने देखिन्छ। रथयात्रा सम्पन्न भएपछि मन्दिरले सार्वजनिक गरेको विवरणले कार्यक्रमका लागि कहाँबाट रकम जुट्यो र कुन–कुन शीर्षकमा खर्च भयो भन्ने जानकारी सर्वसाधारणसमक्ष पुर्याएको छ।





प्रतिक्रिया