गौरादह - ४ का भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई विवरण सच्याउन १५ दिनको समय
गौरादह । गौरादह नगरपालिका–४ नं. वडा कार्यालयले भूमिहीन सुकुम्बासी, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण सच्याउन तथा थप विवरण उपलब्ध गराउन १५ दिनको समय दिएको छ।
वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८२ साल असार मसान्तसम्म फाराम भरी दर्ता भएका भूमिहीन सुकुम्बासी, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निस्सा तथा लगत विवरण कार्यालयमा प्राप्त भएको छ। उक्त विवरण वडा कार्यालयको सूचना पाटीमा समेत टाँस गरिएको जनाइएको छ।
प्राप्त विवरणमा सम्बन्धित व्यक्तिको थप विवरण आवश्यक भएमा वडा कार्यालयमा सम्पर्क गरी आफूले विगतमा भरेको विवरणको निस्सा बुझेर आवश्यक प्रमाणसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ भदौ २२ गतेसम्म गौरादह नगरपालिकाको भूमिशाखाबाट उपलब्ध फाराममा थप विवरण भर्न आग्रह गरिएको छ।
वडा कार्यालयका अनुसार थप विवरण भर्दा सम्बन्धित व्यक्तिले आवश्यक प्रमाण तथा कागजातसमेत संलग्न गर्नुपर्नेछ।
वडा कार्यालयले सम्बन्धित भूमिहीन सुकुम्बासी, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई तोकिएको समयभित्र वडा कार्यालयमा उपस्थित भई आवश्यक विवरण तथा प्रमाण पेश गर्न आग्रह गरेको छ।
वडा अध्यक्ष दुर्गामणि बस्नेतद्वारा जारी सूचनामा सम्बन्धित सबैलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।



प्रतिक्रिया