भदौ १० २०८३, बुधवार

गौरादहमा ४५ दिने एडभान्स ब्युटिपार्लर तालिम सञ्चालन हुँदै

 

गौरादह । गौरादह नगरपालिकाले महिलाहरूको सीप विकास तथा स्वरोजगार प्रवर्द्धनका लागि ४५ दिने एडभान्स ब्युटिपार्लर तालिम सञ्चालन गर्ने भएको छ।
गौरादह नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सञ्चालन हुने तालिममा २० जना सहभागी रहनेछन्। तालिम बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म कक्षा सञ्चालन हुने नगरपालिकाले जनाएको छ।
तालिम सञ्चालनका लागि आवश्यक प्रशिक्षक छनोट गर्न नगरपालिकाले सूचना जारी गरेको छ। इच्छुक प्रशिक्षकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र गौरादह नगरपालिकामा निवेदन पेश गर्नुपर्नेछ।
निवेदनसँग हालसालै खिचेको पासपोर्ट साइजको फोटो टाँसेको निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, सीटीईभीटीबाट मान्यता प्राप्त लेभल–२ को प्रमाणपत्र, एडभान्स तालिम सञ्चालन गरेको अनुभव प्रमाणपत्र, सीटीईभीटीबाट मान्यता प्राप्त TOT तालिम लिएको प्रमाणपत्र तथा एडभान्स तालिममा समावेश गरिने पाठ्यक्रम संलग्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले निवेदनमा अपेक्षा गरेको पारिश्रमिकसमेत उल्लेख गर्नुपर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार