श्रावण १५ २०८२, बिहिबार

११ कक्षा कहाँ पढ्ने ? दोधारमा हुनुहुन्छ ? अब दमकमै छन् उत्कृष्ट कलेज

Ads

 

दमक, झापा — कक्षा ११ मा भर्ना हुने समय नजिकिँदै गर्दा विद्यार्थी तथा अभिभावकहरू गुणस्तरीय शिक्षा, सुरक्षित वातावरण र आधुनिक सुविधा खोजिरहेका छन्। अब त्यसको लागि टाढासम्म धाउनु नपर्ने भएको छ। दमक वरपरमै रहेका केही कलेजहरू शिक्षाको स्तर, भौतिक पूर्वाधार र विषयगत विविधताको हिसाबले पूर्वका उत्कृष्ट शिक्षण संस्थाको रुपमा स्थापित हुँदै गएका छन्।

Ads

ग्लोबल एजुकेशनल एकेडेमी दमकले साइन्स, म्यानेजमेन्ट, कानुन, होटल म्यानेजमेन्टकम्प्युटर साइन्स जस्ता विषयहरूमा आकर्षक शिक्षण सुविधा प्रदान गर्दै आएको छ। व्यवस्थित कक्षा कोठा, अनुशासित शैक्षिक वातावरण र अनुभवी शिक्षक टोलीले यसलाई विद्यार्थीहरूको विश्वासिलो रोजाइ बनाएको छ।

Ads

त्यस्तै, मोडेल क्याम्पस दमक भने अहिले दमककै सबैभन्दा बहुपक्षीय र लोकप्रिय प्लस टु तथा ब्याचलर तहको कलेजको रुपमा उभिएको छ। यहाँ साइन्स, म्यानेजमेन्ट, कानुन, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्सदेखि मानविकी शास्त्रसम्मका विषयहरू उपलब्ध छन्।

शैक्षिक अनुशासन, अनुभवी शिक्षक टिम, अत्याधुनिक पुस्तकालय, प्राविधिक प्रयोगशाला, ICT प्रणालीको प्रयोग, साथै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको मुख्य विशेषता हो। स्थानीय स्तरमै सबैभन्दा बढी विद्यार्थी भर्ना हुने संस्थाको रुपमा मोडेल क्याम्पसले आफ्नो पहिचान बनाइसकेको छ।

यसबाहेक, होटेल म्यानेजमेन्ट अध्ययन गर्न चाहने विद्यार्थीका लागि D’ECHOM कलेज उर्लाबारी प्रभावकारी गन्तव्य बन्दै गएको छ। आधुनिक किचन सेटअप, सुविधासम्पन्न प्रशिक्षण केन्द्र, अनुभवी प्रशिक्षक र सुरक्षित वातावरण यस कलेजको बलियो आधार हो।

अब गुणस्तरीय शिक्षा प्राप्त गर्न काठमाडौं वा विराटनगर जाने जमाना गए। दमक क्षेत्रकै यी कलेजहरूले अब स्थानीय विद्यार्थीहरूलाई आफ्नो भविष्य यहीँबाट बनाउने सुनौलो अवसर दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार