वैशाख ३१ २०८३, बिहिबार

एमाले अध्यक्ष ओली : ‘मंसिर २७ मा काठमाडौंले इतिहासकै ठूलो र्‍याली देख्नेछ’

Ads

काठमाडौं।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले इतिहासकै ठूलो शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन्। ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले राजधानीले अहिलेसम्म नदेखेको जस्तो विशाल र्‍याली आयोजना हुने दाबी गरे।

ओलीका अनुसार र्‍यालीको उद्देश्य एमालेको पक्षमा बढिरहेको जनसमर्थन र सांगठनिक शक्तिलाई स्पष्ट रूपमा प्रदर्शन गर्नु हो।
“एमालेको पक्षमा उर्लिएको जनलहर हामी मंसिर २७ मा देखाउनेछौँ,” ओलीले भने, “त्यो र्‍याली काठमाडौंले आजसम्म नदेखेको हुनेछ।”

Ads

एमालेले सोमबारदेखि देशव्यापी रूपमा ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु गरेको छ, जसअन्तर्गत अन्य दल परित्याग गरी फर्किएका कार्यकर्ता तथा नयाँ प्रवेशीहरूलाई स्वागत गर्ने कार्यक्रम सञ्चालन हुँदैछ। ओलीका अनुसार अभियान कसैलाई फकाएर ल्याउने होइन, राष्ट्र निर्माणको यात्रामा सहभागी गराउने आव्हान हो।

उनले एमालेलाई देशकै सबैभन्दा लोकप्रिय र ठूलो राजनीतिक शक्ति भएको दाबी गर्दै जनतामा फैलाइएका भ्रम चिर्न यस्ता कार्यक्रम आवश्यक भएको बताए।

Ads

पार्टीका अनुसार मंसिर २७ को र्‍यालीमा काठमाडौं उपत्यकाका लाखौँ कार्यकर्ता लगायत देशभरबाट सहभागी जुटाइने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार