लागू औषध खैरो हेरोईनसहित एक भारतीय नागरिक दमकबाट पक्राउ
दमक, झापा ।
झापाको दमक नगरपालिकाबाट लागू औषध खैरो हेरोईनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले २०८२ साल साउन ४ गते, दिउँसो करिब १:३० बजे दमक–५ स्थित मेची स्टोर अगाडि सडक खण्डबाट भारत बिहार राज्य, कटिहार जिल्ला प्रोफेसर कोलोनी दुर्गास्थान घर बताउने २८ वर्षीय सुरज कुमार साहलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार साहले बोकेको झोलामा लुकाईछिपाई राखेको अवस्थामा ४२ ग्राम १७ मिलिग्राम खैरो हेरोईन, डिजिटल तराजु १ थान, नेपाली रुपैयाँ ३७,९०० नगद र २ थान मोबाइल फोन फेला परेको छ।
पक्राउ परेका साहलाई लागू औषध मुद्दामा झापा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
प्रतिक्रिया