मंसिर ०२ २०८२, सोमबार

वि.आइ.टि एम. र वि.एच.एम अब दमक स्थित आस्था कलेजमा

Ads

 

 

Ads

कमल । झापाको दमक आसपासका विद्यार्थीले अब वि.आइ.टि.एम र वि.एच.एम अध्यायन गर्न टाढा जानु नपर्ने भएको छ ।

विगत लामो समय देखि दमकमा स्नातक स्तरको प्राविधिक तथा सिप मुलक शिक्षा प्रदान गर्दै आएको आस्था कलेज अफ मेनेजमेन्टले आम अभिभावक र विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै चालु शैक्षिक सत्र देखि आस्था कलेज दमक, नमुना कलेज इटहरी, अर्किड इस्टरनेशनल कलेज काठमाडौंको संयुक्त व्यवस्थापनमा युनिर्भसल कलेज अफ टेक्नोलोजि एण्ड मेनेजमेन्ट संचालनमा ल्याएको आज आस्था कलेज अफ मेनेजमेन्ट कलेज दमकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

Ads

त्रिभुवन युनिभर्सिटी बाट सम्बन्धन प्राप्त उक्त कार्यक्रमहरु संचालनका लागि आस्था कलेज दमक, नमुना कलेज इटहरी, अर्किड इस्टरनेशनल कलेज काठमाडौंले एक आपसमा जनशक्ति तथा प्रविधिहरुको सहकार्य गरि कार्यक्रम संचालन गर्ने सहमति भएको हुँदा आगामी दिनमा दमक आसपासका विध्यार्थीले प्रविधिक विषय अध्यायन गर्न ईटहरी र काठमाडौ सम्म जानु नपर्ने भएको आस्था कलेज अफ मेनेजमेन्ट का कार्यकारी निर्देशक टेकनाथ भण्डारीले बताउनु भयो ।


प्राविधिक विषय वि.आइ.टिं व्यवस्थापन र वि.एच.एम अध्यायन गर्न दमक आसपासका विद्यार्थी ईटहरी र काठमाडौ सम्म जानु पर्ने बाध्यता थियो तर अव युनिर्भसल कलेज संगको सम्बन्धनले गर्दा घरमै बसेर आफुले रोजेको प्राविधिक विषय अध्यायन गर्न पाउने अवस्था भएको छ । विध्यार्थीले आफुले अध्यायन गरेका विषयमा सिप छैन भने सर्टिपिकेटले मात्र केही हुदैन त्यसैले पढ्दै सिक्दै गर्ने विध्यार्थिकालागी यो ठुलो अवसर प्राप्त भएको नमुना कलेज ईटहरीका सहायक क्यापस प्रमुख मुक्तिनाथ सुवेदीले बताउनु भयो ।

Ads

वि.आइ.टिं व्यवस्थापन र वि.एच.एम अध्यायन गर्न चाहाने विध्यार्थिकालागि त्रिभुवन युनिभर्सिटीले यहि भाद्र १३ गते सम्म सिएमएटी फारम भर्न सुचना प्रकाशित गरिसकेको छ । सो को परिक्षा आगामी भाद्र २१ गते संचालन हुने सुचना समेत प्रकासित गरेको हुदा ईच्छुक विध्यार्थिले सिएमएटी परिक्षामा सहभागी भै समयमै आफ्नो सित सुरक्षीत गर्नकालागी कलेजले अनुरोध समेत गरेको छ ।

कलेजका अध्यक्ष बलभद्र कोईरालाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा आस्था कलेज दमक, नमुना कलेज इटहरी, अर्किट इस्टरनेशनल कलेज काठमाडौ, युनिक कलेज झापा क्याम्पस, एकता एकेडेमी र दमक आदर्श बोडिङ्ग स्कूलका बध्यक्ष तथा संचालक समिति ज्यूहरु, क्याम्पस प्रमुख, सहायक क्याम्पस कलेजका शेयर सदस्य, प्राध्यापक, शिक्षक तथा कर्मचारीको उपस्थित रहेको थियो ।

कार्यक्रमको सहजीकरण आस्था कलेज अफ मेनेजमेन्टका प्राध्यापक भिम प्रसाद पोख्रेलले सहजिकरण गर्नु भएको थियो ।

कुइनेटो न्युजबाट 
 

 

प्रतिक्रिया

सम्बन्धित समाचार