वैशाख ०६ २०८३, आइतबार

सामाजिक सञ्जालको भ्रामक खेल बन्द गर ! पार्टी विधिभन्दा बाहिर केही छैन - राम थापा

Ads

 


झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशका अध्यक्ष राम थापा ले सामाजिक सञ्जालमा फैलाइँदै आएको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले केही अवाञ्छित व्यक्तिहरूले आपराधिक मनोवृत्तिसहित भ्रमको खेती गर्दै आफू तथा पार्टीका केही नेताहरूको नाम जोडेर अस्तित्वमै नभएको गठबन्धनको हल्ला फैलाएको उल्लेख गरे। “यसमा कुनै सत्यता छैन,” अध्यक्ष थापाले स्पष्ट पारे, “पार्टी विधि र पद्धतिअनुसार चल्छ, आधिकारिक निर्णय बाहेकका अनर्गल प्रचारमा विश्वास नगर्न आग्रह गर्दछु।”
उनले पार्टीका सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकलाई असत्यको पछि नलाग्न, दुविधामा नपर्न तथा सामाजिक सञ्जालमार्फत तथ्यहीन प्रचारको खण्डन गर्न अनुरोध गरेका छन्।
साथै, झापा क्षेत्र नं ५ मा राप्रपाको आधिकारिक उम्मेदवार लक्ष्मी प्रसाद संग्रौला नै रहेको जानकारी गराउँदै अन्य कुनै पनि हल्ला वा प्रचारमा विश्वास नगर्न सम्बन्धित सबैमा अपिल गरिएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार