वैशाख ०८ २०८३, मंगलबार

राप्रपा नेताहरू भन्छन्, 'झापा ५ मा हामी निर्णायक शक्ति हौँ'

Ads

झापा ५ मा राप्रपा एक ढिक्का छ, हामी तिम्रो गढ भत्काउदैछौं - गोपाल पौडेल 

मेरो लोकप्रियता देखेर विपक्षी आत्तिए - लक्ष्मीप्रसाद संग्रौला 
सामाजिक सञ्जालमा मेरो विरुद्ध हल्ला फैलाइयो  - भिम पौडेल 

Ads


झापा क्षेत्र नम्बर ५ मा अहिले चुनावी माहोल तातिएको छ । २४ जना उम्मेदवार रहेको र झण्डै १ लाख ६३ हजार मतदाता रहेको यस क्षेत्रमा एमाले अध्यक्ष के पी ओली, रास्वपा वरिष्ठ नेता बालेन्द्र साह, राप्रपाका लक्ष्मीप्रसाद संग्रौला लगायतको मुख्य प्रतिस्पर्धा देखिएको छ । मुख्यगरि ओली र बालेनको मुख्य भिडन्त रहेको भएता पनि राप्रपाका लक्ष्मीप्रसाद संग्रौला निर्णायक भुमिकामा रहेको स्थानीयहरु बताउछन् । संग्रौला यस क्षेत्रका लोकप्रिय  व्यक्ति हुन् । उनले आफ्नो प्रचारप्रसारलाई समेत तिब्र पारेर मतदाता भेट्न घरघर पुगेपछि भावी प्रधानमन्त्रीको उम्मेदवार भनिएका ओली र बालेन दुबैलाई चुनौती थपिएको स्थानीयमाझ चर्चा छ । 
 अघिल्ला हरेक निर्वाचनमा एमालेलाई सघाउदै आएको राप्रपाले यो पटक सामाजिक रूपमा ख्यातिप्राप्त रहेका संग्रौलालाई उम्मेदवार बनाएपछि ओली विचलित देखिएका छन् । । राप्रपाबाट निर्वाचित भएका दमक नगरपालिकाका मेयर राम थापा र दमक ७ का राप्रपाबाटै निर्वाचित वडाध्यक्ष भिम पौडेलले ओलीलाई सघाउने भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएको थियोे । उक्त हल्ला आधारहीन र भ्रमपूर्ण प्रचार रहेको भन्दै वडाध्यक्ष पौडेलले सार्वजनिक रूपमा खण्डन गरिसकेका छन् । 
राप्रपा भित्रको पछिल्लो अवस्था र झापा क्षेत्र नम्बर ५ को बारे जानकारी दिँदै राप्रपा केन्द्रिय सदस्य तथा मिडिया नेपालकाका अध्यक्ष गोपाल पौडेलले झापा ५ मा आफुहरु बलियो रहेको तर्क गरे । विपक्षीहरुले आधारहीन हल्ला चलाएको भन्दै उनले राप्रपाका नेताहरूको नाम मुछेर मतदातालाई प्रभावमा पार्न खोज्नेहरुलाई सुध्रिन आग्रह गरे । 
सामाजिक रूपमा ख्यातिप्राप्त असल र योग्य व्यक्ति छानेर पार्टीले टिकट दिएकोले पनि विपक्षीहरु तिल्मिलाएका पौडेल बताउछन् । 

'निर्वाचन प्रचारप्रसारमा सहभागी हुन मेयर राम थापा र वडाध्यक्ष भिम पौडेललाई आचारसंहिताले दिँदैन, हामी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन अभियानमा छौँ । यसैको फाइदा उठाएर कसैले अन्ठसन्ठ लेख्यो भन्दैमा हामी चुप बस्छौं भन्ने छैन ।', नेता पौडेलले भने । 

Ads

'राप्रपा विरुद्ध भ्रम फैलाएर चुनाव जित्न सकिन्छ भन्ने भ्रम नपाल्न उम्मेदवार संग्रौलाले आग्रह गरेका छन् । विपक्षीले हाम्रो बारेमा चिन्ता गर्नै पर्दैन । हामी एकढिक्का नै थियौं, छौँ र हुनेछौं । ', यो भनाइ हो क्षेत्र नम्बर ५ बाट राप्रपाको उम्मेदवार रहेका संग्रौलाको। 

उनि निर्वाचनमा जित हार सामान्य हुने जिकिर गर्छन् । 'म ठूलो छु, मलाई मात्रै जनताको समर्थन छ भन्ने धारणा कसैले पालेको भए त्यो कुरा दिउसो देखिएको सपना मात्रै हो ।', संग्रौलाले भने । 

Ads

'भिम पौडेल र राम थापाले आफ्नै उम्मेदवार विरुद्ध षड्यन्त्र गर्छन् भनेर कसले भन्यो ? जसले जे लेख्छन् त्यो पत्याइदिनु पर्ने ?',  संग्रौला प्रश्न गर्छन् । 

उनि अगाडि भन्छन्, 'मैले ल्याउने भोट संख्याले झापा ५ मा  राप्रपाको उपस्थिति  कस्तो छ भनेर संकेत गर्छ । भविस्यमा बलियो शक्तिको रूपमा पार्टीलाई उभ्याउने मिसन मेरो पनि हो, पार्टी अध्यक्षको हो, प्रदेश अध्यक्ष राम दाइको हो र क्षेत्रीय अध्यक्ष भिम पौडेल र राप्रपाका सम्पूर्ण नेता कार्यकर्ताको पनि साखको विषय हो । यसर्थ हामी क्लियर भएर मैदानमा उत्रिएका छौँ । झापाका ५ वटै निर्वाचन क्षेत्रमा हामीले कडा टक्कर दिएका छौँ ।'

चार वटा पालिका रहेको यस निर्वाचन क्षेत्रमा दमक नगरपालिका मेयरमा राप्रपाको तर्फबाट राम थापा निर्वाचित छन् भने अर्को पालिका गौरिगञ्जमा ०७४-०७९ मा गाउँ पालिका अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ निर्वाचित भएका थिए । २०९७ को निर्वाचनमा श्रेष्ठ थोरै मतान्तरले नेपाली कांग्रेस सँग पराजित भएका हुन्  । 

सांगठनिक हिसाबले झापा ५ मा राप्रपा बलियो रहेकोले पनि विपक्षीहरु अतालिएका राप्रपाका नेता कार्यकर्ताहरू को दावी छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार