मंसिर ०२ २०८२, सोमबार

गोल्डेन सनराइजमा प्रधानाध्यापकको जिम्मेवारी रोहित आचार्यलाई

Ads

 झापा - गौरादहस्थित गोल्डेन सनराइज विद्यालयका प्रधानाध्यापक राजकुमार कार्की विदेश भ्रमणमा गएका कारण विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी रोहित आचार्यले सम्हाल्ने भएका छन्। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार आचार्यले अब विद्यालयको सम्पूर्ण शैक्षिक तथा प्रशासनिक नेतृत्व गर्नेछन्। विद्यार्थीहरूले पनि उनलाई सहजै स्वागत गर्दै नयाँ प्रधानाध्यापकको रूपमा स्वीकार गरेका छन्। विद्यालय परिवारले आचार्यको नेतृत्वमा शिक्षण–शिक्षणको वातावरण अझ प्रगतिशील र शैक्षिक गुणस्तर अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार