फाल्गुण ०२ २०८२, शनिबार

एक सयभन्दा बढी व्यक्तिको मिर्गौला बेच्ने गिरोहका नाइके पक्राउ

Ads

काठमाडौं । एक सयभन्दा बढी व्यक्तिको मिर्गौला बिक्रीमा संलग्न गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारीलाई नियन्त्रणमा लिएको हो। उनी भारतीय आधारकार्ड बनाएर विगत तीन वर्षदेखि नयाँदिल्लीमा बस्दै आएका थिए।

Ads

ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार भण्डारीले आर्थिक रूपमा कमजोर नेपालीलाई भारत पुर्‍याई आफ्नो नेतृत्वको गिरोहमार्फत मिर्गौला बिक्री गर्दै आएका थिए। सोधपुछका क्रममा उनले २५ जनाको मिर्गौला निकाल्न लगाई पैसा लिएको स्वीकार गरेका छन्। तर प्रहरीको सूचनाअनुसार उनले १०० भन्दा धेरै व्यक्तिको मिर्गौला बिक्री गरिसकेका छन्।

भारतको यथार्थ अस्पतालसहित विभिन्न क्लिनिकमा मिर्गौला निकाल्ने गरिएको खुलेको छ। पीडितलाई ६ लाख रुपैयाँ दिने प्रलोभन देखाइने तर कतिपयलाई त्यो रकम समेत नदिने गरिएको प्रहरीले जनाएको छ।

Ads

भण्डारीसँगै सिन्धुपाल्चोककै इन्द्रावती–२ का सुजन भारतीलाई पनि प्रहरीले पक्राउ गरेको छ। यसअघि २० साउनमा पक्राउ परेका राकेश नेपाली, समीर नेपाली र राजकुमार नेपालीलाई सोधपुछ गर्ने क्रममा यो ठूलो गिरोहको गतिविधि खुलेको हो।

ब्युरोका अनुसार भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगन्जबाट पक्राउ गरिएको हो। सो गिरोहविरुद्ध हालसम्म पाँचजनाले प्रहरीमा जाहेरी दिएका छन्।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार