मंसिर ०२ २०८२, सोमबार

माउन्ट एभरेष्टमा जुनियर रेडक्रस सर्कलको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

Ads

 

गौरादह, १ । गौरादह–१ मा अवस्थित माउन्ट एभरेष्ट माध्यमिक विद्यालयमा शनिबार सम्पन्न जुनियर रेडक्रस सर्कलको अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ।

Ads

लोकतान्त्रिक अभ्यासअनुसार मतदानमार्फत पदाधिकारी छनोट गरिएको अधिवेशनमा कुल ४६१ मतदातामध्ये ४३० मत खसेको र ६ मत बदर भएको निर्वाचन आयुक्त पर्शुराम कार्कीले जानकारी दिनुभयो।

निर्वाचित पदाधिकारीहरू यसप्रकार छन् :

Ads

खुल्ला सदस्य : अनमोल तामाङ, एलसन राई, रिदम खड्का, रोहन तिम्सिना, विपेश कोईराला
भगोल सदस्य : सङ्खर कटुवाल (निर्विरोध), अनमोल केसी, हितेश कार्की, अनुस्का नेपाल, लक्ष्मण कार्की
महिला सदस्य : सुहाना राई, प्रियन्सी संग्रौला

निर्वाचन प्रक्रियामा प्रकाश भट्टराई र संजिव बा. कार्की पर्यवेक्षक रहनुभएको थियो।

Ads

माउन्ट एभरेष्ट मा.वि. कक्षा १२ सम्म अध्यापन हुने गौरादहको प्रतिष्ठित शैक्षिक संस्था हो। विद्यालयमा बाल रेडक्रसका रूपमा स्थापित ‘माउन्ट जुनियर रेडक्रस सर्कल’ ले वृक्षरोपण, सचेतना अभियान, सामाजिक विकृति–विसंगति विरुद्ध कार्यक्रमजस्ता विभिन्न सामाजिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

समाचारदाता : सुवास पाण्डे

प्रतिक्रिया

सम्बन्धित समाचार