मंसिर ०२ २०८२, सोमबार

गौरादह बहुमुखी क्याम्पसमा चाइनिज भाषा पढाई हुने

Ads

 

गौरादह । लुम्बिनी बौद्ध विश्वविद्यालय, देवदह शिक्षा विकास परियोजनाले शैक्षिक सत्र २०८२/०८३ का लागि स्नातक तहमा Bachelor in Teaching Chinese to Speakers Of Other Languages (BTCSOL) कार्यक्रमको प्रथम सेमेष्टरमा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई भर्ना खुला गरेको छ ।

Ads

विश्वविद्यालयको प्रकाशित सूचनाअनुसार गौरादह नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच भएको सम्झौता बमोजिम उक्त कार्यक्रमको अध्ययन–अध्यापन गौरादह बहुमुखी क्याम्पसमा हुने भएको छ । इच्छुक विद्यार्थीले यही मिति २०८२ भदौ ३१ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने व्यवस्था गरिएको छ ।

सो सम्बन्धमा थप जानकारी आवश्यक परेमा गौरादह नगर प्रमुखको सचिवालय वा नगरपालिकाको सूचना प्रविधि शाखामा सम्पर्क राख्न सकिने गौरादह नगरपालिकाले जनाएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार