जेष्ठ ०२ २०८३, शनिबार

इलामको श्रीअन्तुमा अन्तर–जिल्ला कविता वाचन तथा साहित्यिक भेटघाट सम्पन्न

Ads

 

इलाम । शिवसताक्षी साहित्य सङ्गम द्वारा आयोजित अन्तर–जिल्ला कविता वाचन तथा साहित्यिक भेटघाट कार्यक्रम इलाम जिल्लाको सुन्दर पर्यटकीय नगरी श्रीअन्तु मा सम्पन्न भएको छ। चैत २७ गते शुक्रबार आयोजित उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरेका साहित्यकार रेवत खनाल ले जानकारी दिए।
सङ्गमका अध्यक्ष उमनाथ दाहाल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्योदय नगरपालिका वडा नं. ४ का वडा सदस्य जीवनकान्त नौपाने प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा संस्थाका सचिव यदवप्रसाद घिमिरे ले सञ्चालन गरेका थिए भने सदस्य प्रसाद खरेल ले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न जिल्लाबाट आएका कवि तथा साहित्यकारहरू—कुलप्रसाद ढकाल, नेत्र खरेल, सन्तोष लिम्बू, कमल अर्याल, ओमप्रकाश शर्मा, तिर्थराज घिमिरे लगायत ४० भन्दा बढी साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कविता वाचनका साथै साहित्यिक विचार आदान–प्रदान गर्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाएका थिए।
त्यसैगरी सङ्गमका “महजोडी” का रूपमा चिनिने रेवत खनाल र यदुनाथ दाहाल ले आफ्नो सांगीतिक प्रस्तुति मार्फत उपस्थित दर्शक तथा श्रोताहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य श्रीअन्तु क्षेत्रको आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै विभिन्न स्थानका साहित्यकर्मीहरूबीच परिचय, अनुभव आदान–प्रदान र आपसी सम्बन्ध सुदृढ बनाउनु रहेको थियो। यस्तो कार्यक्रमले साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

Ads


 

प्रतिक्रिया

सम्बन्धित समाचार