श्रावण १८ २०८३, सोमबार

पुण्य घिमिरे अझै सम्पर्कविहीन, खोजी कार्य तीव्र

गौरादह (झापा)। झापाको गौरादह नगरपालिका–४ धरधरे चिउरामिल निवासी ५० वर्षीय पुण्य घिमिरे गत श्रावण ११ गते राति करिब ८:३० बजेदेखि घरबाट हराएपछि उनको खोजी कार्य तीव्र पारिएको छ।

पारिवारिक स्रोतका अनुसार घिमिरे घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा आएका छैनन्। आफन्त, स्थानीय बासिन्दा तथा प्रहरीको समन्वयमा विभिन्न सम्भावित स्थानमा खोजी जारी रहे पनि आइतबारसम्म उनको अवस्था खुल्न नसकेको परिवारले जनाएको छ।

हराएका पुण्य घिमिरेका बुबा चैतन्य घिमिरे ले छोराको सकुशल खोजीका लागि सबैसँग सहयोगको अपिल गरेका छन्। उनले कसैले घिमिरेलाई देखेमा वा उनको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन आग्रह गरेका छन्।

परिवारका अनुसार घिमिरेको खोजी कार्यलाई अझ प्रभावकारी बनाउन स्थानीयवासी, सुरक्षाकर्मी तथा आफन्त परिचालन गरिएका छन्। यद्यपि हालसम्म कुनै ठोस सुराक प्राप्त नभएको बताइएको छ।

पुण्य घिमिरेको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।

सम्पर्क नम्बरहरू:

कसैसँग पनि पुण्य घिमिरेको अवस्थाबारे कुनै जानकारी भएमा तत्काल सूचना उपलब्ध गराइदिन परिवारले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार