वैशाख २६ २०८२, शुक्रबार

गौरादह न पा वडा नं. १ मा बिपन्न तथा दीर्घ रोगी परिवारलाई साझेदारीमा स्वास्थ्य बीमा

Ads


गौरादह नगरपालिका वडा नं. १ ले वडा भित्रका बिपन्न तथा दीर्घ रोगी भएका ४५ परिवारलाई स्वास्थ्य बीमा गराउने कार्यक्रम सुरु गरेको छ। टोल विकास समितिको सिफारिसमा सुरु गरिएको यस कार्यक्रमअन्तर्गत साझेदारीमा ८०/२० को अनुपातमा बीमा गर्ने योजना बनाइएको छ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ७०० रुपैयाँ योगदान गर्नेछन् भने वडा कार्यालयले प्रति परिवार २८०० रुपैयाँ अनुदान दिनेछ। बीमाको सेवा मंसिर १ गतेबाट लागू हुनेछ, जसले ती परिवारलाई स्वास्थ्य खर्चको भार कम गर्दै आवश्यक स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

Ads

यस पहलले स्थानीय बिपन्न समुदायलाई राहत पुर्‍याउँदै, स्वास्थ्य सुरक्षामा वडा कार्यालयको जिम्मेवारीपूर्ण सहभागिता देखाएको छ।

 
Ads

 

प्रतिक्रिया

सम्बन्धित समाचार