श्रावण १८ २०८३, सोमबार

युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिदै नवनिर्वाचित अमेरिकी राष्ट्रपती ट्रम्पका वरिष्ठ सल्लाहकार

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा ध्यान दिने बताउनुभएको छ ।

 

 

बीबीसीसँगको कुराकानीमा रिपब्लिकन पार्टीका रणनीतिकारसमेत रहेका लान्जाले ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई शान्तिका लागि यथार्थपरक दृष्टिकोण बारे आग्रह गर्ने बताउनुभएको हो । यदि युक्रेनी राष्ट्रपति जेलेन्स्की क्राइमिया फिर्ता विना पनि शान्तिका लागि तयार भएमा रुस–युक्रेन युद्ध रोक्न सहयोग पुग्ने उहाँको भनाई छ ।

रुसले सन् २०१४ मा क्राइमिया प्रायद्वीपलाई गाभेको थियो । त्यसको आठ वर्षपछि रुसले युक्रेनमा पूर्ण मात्राको आक्रमण शुरु गरेको हो । लान्जाले सन् २०२२ मा रुसले आक्रमण गरेर कब्जा गरेको पूर्वी युक्रेनका क्षेत्रहरू फिर्ताको विषयमा भने केही उल्लेख गर्नुभएको छैन । ट्रम्प राष्ट्रपतीमा निर्वाचित भएपछि उहाँले जेलेन्स्कीसँग कुरा गरिसक्नुभएको छ । ट्रम्पले रुस–युक्रेन युद्ध रोक्नु आफ्नो प्राथमिकतामा रहेको बताउँदै आउनुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार