माघ ०४ २०८१, शुक्रबार

वर्तमान परिदृश्य र समृद्धिको मार्गचित्र

लेखसार : नेपाल मिश्रित अर्थ व्यवस्था अपनाएको एक विकासोन्मुख संघीय लोकतान्त्रिक शासन प्रणाली रहेको भूपरिवेष्टित देश हो । यसले मानचित्रमा ०.३ प्रतिशत तथा एसिया महादेशमा ०.३ प्रतिशत भाग ओगटेको छ । हाम्रो अर्थतन्त्रमा विप्रेषणको आप्रवाह र आयात बढेपछी समाजमा सम्पत्तिको केन्द्रीकरण बढेको छ । राज्यले जनताका आधरभूत आवश्यकता पूरा गर्न सकिरहेको छैन ।
Ads

लेखसार : नेपाल मिश्रित अर्थ व्यवस्था अपनाएको एक विकासोन्मुख संघीय लोकतान्त्रिक शासन प्रणाली रहेको भूपरिवेष्टित देश हो । यसले मानचित्रमा ०.३ प्रतिशत तथा एसिया महादेशमा ०.३ प्रतिशत भाग ओगटेको छ । हाम्रो अर्थतन्त्रमा विप्रेषणको आप्रवाह र आयात बढेपछी समाजमा सम्पत्तिको केन्द्रीकरण बढेको छ । राज्यले जनताका आधरभूत आवश्यकता पूरा गर्न सकिरहेको छैन । सम्पन्न जो छन् उनीहरु पनि आफ्नै पैत्रिक सम्पत्तिका कारण सम्पन्न भएका हुन् । राज्यले गरीब धनीबीचको दूरी कम गर्न सकेको छैन । अबको राज्यको कार्यदिशा भनेको सम्मृद्धि बढाउने, असमानता घटाउने र स्वतन्त्रता सुनिश्चित गर्ने किसिमको हुनुपर्दछ । हाम्रो कुल गार्हस्थ उपादनको जीडीपीको ६० प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगटेको छ । यो नै आज हाम्रो सम्पत्तिको स्रोत बनेको छ ।

यसका अलावा केही जनसंख्या वैदेशिक रोजगार, कृषि र अन्य पेसामा आश्रित छन् । अतः राज्यले रोजगारको अवसरहरु सृजना गर्नुपर्ने हुन्छ । अर्थतन्त्रमा मौद्रिक, वाह्य, वित्तीय र आर्थिक वृद्धि क्षेत्रहरुमा निरन्तर समस्याहरु सिर्जना भइरहेको देखिन्छ । अर्थतन्त्रमा पहिलाबाट नै धेरै समस्याहरु थुप्रिँदै आएका छन् । यो संरचनागत संकटहरुको समाधान गर्न राज्यले अल्पकालीन, मध्यकालीन र दिर्घकालीन समाधानहरु तत्कालै खोजिनु पर्दछ । यी यावत समस्याहरुको निदानात्मक समाधान गर्न के–कस्ता विधि र प्रविधिहरुको उपयोग गर्दै उपयुक्त अर्थतन्त्रको निर्माण गरी दिर्घकालीन र स्थायित्व कायम गर्न सकिनेबारे प्रष्ट्याउने प्रयास गरिएको छ ।

Ads

परिचयः ठूलो अन्तरालपछि समृद्धिको मुद्दामा नेपाली जनताको आकांक्षाहरु जोडिएका छन् । नेपालको सबैभन्दा महŒवपूर्ण तागत नै मानव संशाधन हो । यसका लागि स्वरोजगारीका प्रसस्तै अवसरहरु भित्र्याउँदै देशका युवाशक्तिलाई यस अभियानमा समाहित गर्नु पर्दछ । नेपालको पूर्वाधार विकासमा आर्थिक विकासमा आर्थिक पक्ष सवाल हुने हुँदा देशले आयातमा भन्दा निर्यातको मात्रामा वृद्धि गरी प्रचुर लगानी भित्र्याउनु पर्दछ । विकास र समृद्धिमा भएको फरकलाई अन्तरनिहित वस्तुपरक परिणाम खोजी गरी समृद्ध नेपाल, सुखी नेपाली भन्ने लक्ष्य प्राप्त गर्न उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ तथा आधुनिक पूर्वाधार र सघन अन्तर आबद्धता साथै उच्च र दिगो उत्पादन तथा उत्पादकत्व आदि लक्ष्य हासिल गर्न प्रयत्नरत रहनु पर्दछ ।

नेपाली बृहत शब्दकोषका अनुसार समृद्ध भनेको धनधान्य आदिले सम्पन्न, पुगिसरी आएको भन्ने हो । समृद्धि भन्नाले सम्पन्नता हो । सम्पन्नता भनेको चाहिँदो मात्रामा धनधान्यादी भएको हुनु हो । यसैको अर्को परिभाषा अनुसार समृद्धी भनेको उन्नतशील पनि हो । संस्कृत हिन्दीकोषको परिभाषा अनुसार समृद्ध भनेको सम्पन्न र समृद्धि भनेको सम्पन्नता हो । जीवन निर्वाह, व्यक्तिगत विकास र स्वास्थ्य सुधारका आधारभूत आवश्यकता पूरा भएको हुनु नै सम्पन्नता हो । उन्नतशील भनेको उन्नति प्रगति गर्दै अगाडि बढिरहेको हुनु हो । नेपालको संविधानले पनि अब मुलुकलाई आर्थिक समृद्धिको बाटोतिर लम्काउने लक्ष्य लिएको छ । राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउने आर्थिक लक्ष्य राखेको छ । यसले सबै तहमा न्युनतम् विकासका पूर्वाधार विकास गरेर आर्थिक सम्पन्न बन्ने नीति लिएको छ ।

Ads

विषय प्रवेश : वर्तमान आर्थिक परिदृश्य र समृद्धीको मार्गचित्रका विषयमा आजभोलि अत्यन्तै बहस र चर्चा चल्न थालेको छ । समृद्धी हुनका लागि आर्थिकरुपले सक्षम हुनु पर्दछ । आर्थिक परिसूचकहरुमा ग्राहस्थ उपदान, उपभोक्ता मूल्य सूचानङ्क, पुँजी बजार, रोजगारको अवस्था, व्यापार सन्तुलन, ब्याजदर, मुद्रास्फिती दर, तलब तथा ज्यालादर, सोधान्तर स्थिति, आयात निर्यात, कुल विदेशी विनिमय स्थिति, विप्रेषण, राजश्व परिचालन तथा खर्च, मुद्रा प्रदाय, निक्षेप परिचालन, नगद मौज्जाद, कुल आन्तरिक कर्जा, तरलता व्यवस्थापन, अन्तर बैंक कारोबार, वित्तीय पहुँच आदि पर्दछन् । यिनै परिसूचकका आधारमा राज्यले अबको आर्थिक परिदृश्यको आंकडा निर्माण गर्न आवश्यक छ । यस खण्डमा केही मूलभूत विषयका बारेमा संक्षेपमा चर्चा गरिएको छ ।

क.) कुल ग्राहस्थ उत्पादन :
कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोवारको योगफल नै कुल ग्राहस्थ उपादान हो । नेपालको सन्दर्भमा सरकारी र गैह्र सरकारी निकायहरुको फरक–फरक तथ्यांक रही आएता पनि आर्थिक सर्वेक्षण आ.व. २०७८/०७९ अनुसार रु. ४८ खर्व ५१ अर्ब ६२ करोड रहेको छ । जसमा वाग्मती प्रदेशको सबैभन्दा बढी ३९.६ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.१ प्रतिशत रहेको छ । प्रति व्यक्ति ग्राहस्थ कुल उत्पादन १२.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । आ.व. २०७८÷०७९ मा कुल ग्राहस्थ उत्पादनमा आयातको हिस्सा करिब ४० प्रतिशत पुग्ने अनुमान छ ।
ख.) आर्थिक वृद्धिदर :
विश्व बैंकको प्रक्षेपण अनुसार चालू आवको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सिमित रहेको देखाइएको छ । तर, यस आ.व.को वृद्धिदर ८ प्रतिशत रहने लक्ष्य लिएकोमा २०७८÷०७९ को आर्थिक वृद्धि दर ५.८४ प्रतिशत रहेको थियो । आ.व. २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर खुम्चिएर ४.९ प्रतिशतमा सिमित रहने विश्व बैंकको प्रक्षेपण रहेको छ ।
ग.) पुँजी बजार :
विश्वव्यापी रुपमा नै पुँजी बजारलाई देशको अर्थ व्यवस्थाको ऐनाको रुपमा हेरिन्छ । नेपालको पुँजी बजारको आकार कुल ग्राहस्थ उत्पादनको ६० प्रतिशतभन्दा बढी रहन गएको छ । बैंकको ब्याजदर, तरलता, अनलाइन कारोबार र अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा जस्ता कारणले गर्दा पुँजी बजारको कारोबार र आकारमा वृद्धि भएको छ ।
घ.) रोजगारको अवस्था :
हाल नेपालको जटिल समस्या भनेको नै रोजगारीको रहेको छ । नेपालका अधिकांश युवाशक्ति नेपालमा रोजगारको अवसर नपाउँदा विदेशिन बाध्य भएका छन् । आ.व.२०७८÷०७९ को फागुन महिनासम्मको प्रधानमन्त्री रोजगार अभियानमा सूचीकृत रोजगार मध्ये १७ हजार तीन सय २४ जनाले रोजगारी प्राप्त गरेका छन् । त्यसैगरी प्रधानमत्री आधुनिकीरण परियोजना अन्तर्गत २०७८ फागुनसम्ममा चार लाख २३ हजार ६७ ले आंशिक र ४८ हजार सात सय ८१ जनाले पूर्ण रोजगारी प्राप्त गरेका थिए ।
ङ.) उपभोक्ता मूल्य सूचांक :
उपभोक्ता मूल्य सूचांक एक मौद्रिक सूचांक हो । पारिवारिक टोकरी वा पारिवारिक टोकरीमा अधिक व्यापकरुपमा प्रयोग हुने लेखक मूल्यहरुको हिसाब गरिन्छ । जुन परिवारको अनुमानित गणनाको निष्कर्ष निकालिन्छ । जुन उनीहरुको सामानको परिणामको मात्रामा हुन्छ । उत्पादन मूल्य र यसको भिन्नताको मूल्यको मामलामा प्राप्त सकारात्मक वा नकारात्मक हो कि विशेष अवस्थामा निर्भरता प्रतिशत बढाउँदै वा छुट घरेलु उपभोक्ताद्वारा खरिद गरेको सामान अथवा सेवाको औषत मूल्यको मापन गर्ने वाला एक सूचांक हो । यसको नयाँ आधार वर्ष सन् २०१२ लाई मानिन्छ ।
च.) उत्पादक मूल्य सूचांक :
यो एक मूल्य सूचांक हो जसले घरेलु उत्पादनको लागि प्राप्त मूल्यको औषत परिवर्तनको गणना गर्दछ । खर्चको हिस्साको रुपमा निर्मित वस्तुहरुमा लगातार खस्कनुले यसको महत्व कम हुँदै गएको छ ।
छ.) व्यापार सन्तुलन :
प्रत्येक देशले कुनै न कुनै वस्तुको आयात गरेको हुन्छ । अन्य वस्तुको निर्यात पनि गर्दछन् । आयात तथा निर्यातबीच मूल्यको अन्तरमा व्यापार सन्तुलन धनात्मक वा ऋणात्मक दुबै हुन्छ । व्यापार सन्तुलन एक निश्चित अवधिमा कुनै विशेष राष्ट्रको सबै निर्यात र आयातको मूल्यको अन्तर हो । एक सकारात्मक वा अनुकूल व्यापार सन्तुलन तब हुन्छ जब निर्यात आयातभन्दा अधिक हुन्छ ।
ज.) मुद्रास्फिती दर :
मुद्रास्फिती अथवा मगाई कुनै अर्थ व्यवस्थामा समयसँगै विभिन्न सामान र सेवाहरुको मूल्यमा हुने एक सामान्य वृद्धिलाई भनिन्छ । जब सामान्य मूल्य बढ्छ तब मुद्राको दर एकाइको क्रयशक्तिमा कमी आउँछ । अर्थात् पैसाको कुनै मात्राले पहिला जति सामान र सेवा आउथ्यो त्यसमा कमी हुन जान्छ । यो जनताका लागि हानिकार हो । यसले निर्धनता फैलाउने काम गर्छ । अर्थशास्त्रीका अनुसार यस अवस्थामा मुद्रा आपूर्तिमा अतिसय उत्पन्न गर्छ । अर्थशास्त्रको तुलनामा आवश्यकताभन्दा धेरै पैसा छाप्ने अवस्था बन्दछ । आ.व.२०७८÷०७९ मा औषत मुद्रास्फिति लक्षित सीमाभित्रै रहने देखिएता पनि इन्धन तथा खाद्यवस्तुको मूल्य वृद्धि, छिमेकी मुलुक लगायत विश्वव्यापी रुपमा भएको उच्च मुद्रास्फिति, आपूर्ति प्रणालीमा आएको व्यवधान र नेपाली मुद्रा अमेरिकी डलरसँग थप कमजोर भएका कारण पछिल्लो समय मुद्रास्फिति बढ्न थालेको छ ।
झ.) तलब तथा व्याजदर :
ब्याजदर भन्नाले उधारकर्ताको ऋण प्राप्त गर्नका लागि एक उधारकर्ताको वार्षिक मूल्य वा वार्षिक शुल्क हो । यो सामान्यतयाः ऋणको प्रतिशतको प्रतिशतको रुपमा व्यक्त गरिन्छ ।
ञ.) तलब तथा ज्यालादर :
नेपाल राष्ट्र बैंकले तलब तथा ज्यालादर ८.१ प्रतिशतले बढेको देखाइएको छ । अघिल्लो बर्ष ९.४ प्रतिशतले बढेको देखाइएको थियो । राष्ट्र बैंकले यो तथ्यांक, तलब र ज्याला दुबै मिलाएर १ प्रतिशतभन्दा कम अर्थात ०.८ प्रतिशतले बढेको छ । तर, ज्याला भने १० प्रतिशतले बढेको छ । तलब अन्तर्गत बैंक तथा वित्तीय संस्थाको तलब २.३ प्रतिशतले बढेको छ ।
ट.) सोधान्तर स्थिति :
सोधान्तर स्थितिलाई अर्को भाषामा भुक्तानी सन्तुलन भनिन्छ । हाल नेपालको सोधान्तर स्थिति करिब ६४ अरव रुपैयाँको नकारात्मक छ । अर्थात् नेपालले अन्य देशको भन्दा ६४ रुपैयाँ घटिले मौद्रिक कारोवार गरेको छ । यस तथ्यांकले नेपालको निर्यात कमजोर भएको देखाएको छ । आ.व.२०७८÷०७९ को ११ महिनामा चालू खाता एवम् सोधान्तर स्थिति रु. ५९५ अर्ब ७३ करोडले घाटा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता घाटा रु. २९८ अर्ब ११ करोड रहेको थियो । बढ्दो चालू खाता घाटाले अर्थतन्त्रमा आन्तरिक उत्पादनभन्दा माग उच्च रहनुको साथै वित्तीय स्रोत र मागबीचको अन्तर पनि बढ्दै स्थितिलाई दर्शाउँछ ।
ठ.) आयात निर्यात :
नेपालको वैदेशिक व्यापारमा निर्यात र आयातबीचको खाडल बढ्दै जाँदा व्यापार घाटा बढिरहेको छ । नेपालले गत वर्ष विदेशबाट १२ अर्ब ४५ रुपैयाँ आयात गरेको थियो । एकातिर यसरी बढिरहेको खाडलको कारण चालू खाता घाटामा गइरहेको छ भने अर्कोतिर विदेशी मुद्राको सञ्चितिमा पनि यसले असर पारिरहेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले प्रकाशित गरे अनुसार नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुने गरेको छ । त्यसैगरी फलाम, यन्त्र तथा पार्टपुर्जा, यातायातका साधान र विद्युतीय सामग्रीभन्दा बढी आयात गरेको छ । आ.व.२०७८÷०७९ को फाल्गुनसम्ममा कुल वस्तु आयात ३८.६ प्रतिशतले बढेर १३ खर्व ८ अर्ब ७३ करोड पुगेको छ । आ.व.२०७८÷०७९ को कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु. १४७ अर्ब ७५ करोड पुगेको छ । आ.व.२०७८÷०७९ को ११ महिनामा कुल वस्तु निर्यात ५३.३ प्रतिशतले वृद्धि भई रु. १८५ अर्ब ८४ करोड पुगेको छ भने कुल वस्तु आयात २७.५ प्रतिशतले वृद्धि भई रु. १७६३ अर्ब २२ करोड पुगेको छ ।
ड.) विप्रेषण :
विप्रेषण आप्रवाह सबैले अनुमान गरेको भन्दा ठीक विपरीत बढेको छ । गत आ.व.को समीक्षा समयमा विप्रेषण आप्रवाह घटेको थियो । यसको दर घट्नुमा स्वदेश फर्कदा झिटीगुन्टासहित सबै कारोवार बन्द गरी आउनु र अमेरिकी मुद्रामा भएको मूल्यमा आएको वृद्धि हो । २०७८ फागुनसम्म वैदेशिक रोजगारिमा जान श्रम स्वीकृति लिनेको संख्या ५६ लाख ६२ हजार दुई सय २६ पुगेको छ । आ.व. २०७८÷०७९ को फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या चार लाख १२ हजार सात सय ८७ रहेको छ । विप्रेषण आप्रवाह सुधारोन्मुख रहेको छ । आ.व.२०७८÷०७९ को नौ महिनासम्म विप्रेषण आप्रवाह घट्दै आइरहेकोमा १०आंै तथा ११ महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । १०औं महिनामा ०,२ प्रतिशतले वृद्धि भएको विप्रेषण आप्रवाह ११आंै महिनामा ३.८ प्रतिशतले वृद्धि भई रु. ९०४ अर्ब १८ करोड पुगेको छ ।
ढ.) वित्तीय पहुँच ः
नेपालले वित्तीय पहुँचका हिसावले पछिल्लो पाँच वर्षमा ठूलो फड्को मारेको छ । एक अध्ययनका अनुसार नेपालीको वित्तीय पहुँच ६० प्रतिशतले वित्तीय पहुँच छ । जुन विश्वमा नै राम्रो सूचांकको रुपमा लिने गरिन्छ । आ.व.२०७८÷०७९ को फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.८ प्रतिशतले वृद्धि भई रु. ४६ खर्ब सात अर्ब ३० करोड पुगेको छ ।
ढ.) तरलताको अवस्था :
नेपाल राष्ट्रबैंकले समय–समयमा तरलता प्रशोधन गर्दा समेत आर्थिक तरलता रहनु आर्थिक वृद्धिका लागि राम्रो पक्ष होइन । नेपाल राष्ट्र बैंकको अनुकुल मौद्रिक नीति–२०७७ तथा एकीकृत निर्देशिका–२०७७ पनि अधिक तरलताको कारकतत्व हुन् । चालू आ.व.को कात्तिक मसान्तसम्म नेपालको बैंकिङ उद्योगमा दुई सयभन्दा बढी तरलता रहेको छ ।
ण.) मौद्रिक स्थिति :
चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल आन्तरिक कर्जामा सामान्य वृद्धि देखिन्छ । नेपाल सरकारले आफूलाई आवश्यक पर्ने रकमको जोहो गर्नका लागि कर्जा उपयोग गरेको छ । उपयोगको समयमा समीक्षा अवधिमा निक्षेप परिचालनमा वृद्धि भएको देखिन्छ । तर, निजी क्षेत्रको कर्जाको वृद्धिदर भने घटेको छ । उच्च मूल्य वृद्धिलाई नियन्त्रण गर्न विभिन्न मुलुकका केन्द्रिय बैंकहरुले कसिलो मौद्रिक नीतिको कार्यदिशा अनुरुप व्याजदरमा वृद्धि गरेका छन् ।
त.) कूल विदेशी विनिमय संचिति :
आ.व. २०७८ मसान्तसम्ममा कुल विदेशी सञ्चिति रु. १३ खर्ब ९९ अर्ब तीन करोड रहेकोमा २०७८ फागुन मसान्तमा रु. ११ खर्ब ७२ अर्ब कायम भएको छ । यो सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । (आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति)
थ. राजश्व परिचालन तथा खर्च :
महालेखा नियन्त्रण कार्यालयबाट २०७९ श्रावण १ मा प्रकाशित विवरण अनुसार आर्थिक बर्ष २०७८/०७९ मा संघीय सरकारको कूल खर्च रु. १,२९६ अर्ब २४ करोड भएको छ । यसमध्ये चालू खर्च रु.२१६ अर्ब ३७ करोड र वित्तीय व्यवस्था तर्फको खर्च रु. ११८ अर्ब ४० करोड रहेको छ । आर्थिक बर्ष २०७८/०७९ मा राजश्व संकलन रु. १०६७ अर्ब ९६ करोड भएको छ ।
द.) आन्तरिक ऋण परिचालन :
आ.व.२०७८/०७९ मा नेपाल सरकारले रु.२३१ अर्ब ३० करोड कुल आन्तरिक ऋण परिचालन गरेको छ, जुन कुल ग्राहस्थ उत्पादनको ४.८ प्रतिशत हुन् आउँछ । साँवातर्फ रु. ४७ अर्ब ३३ करोड भुक्तानी भएको छ । यसर्थ, आर्थिक वर्ष २०७८/०७९ मा रु. १८३ अर्ब ९७ करोड खुद आन्तरिक ऋण परिचालन भएको छ ।
ध.) निक्षेप परिचालन तथा कर्जा प्रवाह :
आ.व. २०७८ फाल्गुनमा सहकारी संस्थाको संख्या ३० हजार आठ सय ७९, शेयर सदस्य संख्या ७३ लाख ३७ हजार दुई सय ५२ र शेयर पुँजी रु. ९४ अर्ब १२ करोड रहेको छ । सोही अवधिमा सरकारी क्षेत्रमा रु. चार खर्ब ७७ अर्ब ९९ करोड बचत परिचालन भई रु. चार खर्ब २६ अर्ब ३१ करोड कर्जा प्रवाह भएको छ ।

 

समृद्धिको मार्ग चित्र :
समृद्धिको मुद्दामा नेपाली जनताका आकांक्षाहरु जोडिएका हुन्छन् । राजनीतिक दलहरुका घोषणा पत्रमा पनि यो विषयलाई सम्बोधन गरेको पाइन्छ । तर, राजनीतिक दृष्टिकोणले हेर्ने हो भने पनि नेपाल अहिले गन्तव्यको कुनै मार्ग चित्र बिनै हिँडेको जस्तो देखिन्छ । धेरैजसोले विकास र समृद्धीलाई एउटा चस्माले हेर्ने गरेको पाइन्छ । तर, यी दुई विषय एक सिकाका फरक–फरक पाटा हुन् । विकासका आफ्नै विशेषताहरु हुन्छन् भने समृद्धीका पनि आफ्नै विशेषताहरु छन् । भौतिक र आर्थिक विकास हो, समृद्धि, विकासभन्दा धेरै माथि अनि विकासको उच्चतम् अवस्था हो । यस्तो अवस्थामा प्राप्त हुने सुख हो र त्यस्तो सुख प्राप्त हुने वास्तविकता अनुभूत हुने अवस्था हो ।

समृद्धी भौतिक रुपमा सँगै नागरिकको भावनात्मक, चेतनाको तह र अनुहारमा देखिने उमङ्ग, खुशी र उत्साह हो । जबसम्म कुनै समाज वा मुलुकमा आर्थिक, सामाजिक, भौतिक सुविधासँगै नागरिकको जीवन स्तर, खुशी र सुखको स्तर पनि उकासिँदैन तबसम्म राज्य र समाज समृद्ध भएको मानिँदैन । नेपालको आर्थिक मानचित्रलाई प्रष्ट्याउने गरी संविधानको निर्देशक सिद्धान्त अनुसार–सार्वजनिक, निजी र सरकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम् परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोसणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ ।

संविधानको निर्देशक सिद्धान्त अनुसार आर्थिक समृद्धीतर्फ लैजाने गरी विभिन्न नीतिहरु लिएको छ र जसमा निजी र सकारी क्षेत्रको सहभागिता, आर्थिक क्षेत्रको सबै गतिविधिमा स्वच्छता, उपलब्ध साधन र स्रोतहरुको न्यायोचित वितरण आदि–इत्यादि नीतिहरु रहेका छन् । हरित कृषि क्रान्ति गर्दै जलस्रोत, पर्यटन, पूर्वाधारको विकास र समृद्धीको बाटोतर्फ मुलुकलाई डो¥याउन आवश्यक छ । देशमा रहेका विद्यमान जनशक्तिको उचित उपयोग गरी समसाधन र स्रोतको परिचालनमा जोड दिनु पर्दछ । नेपाललाई समृद्ध बनाउन उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्बसुलभ पूर्वाधार र सघन अन्तर आबद्धता, उच्च र दिगो उत्पादन तथा उत्पादनकत्वमा जोड दिन आवश्यक देखिन्छ । समृद्धीका लागि सामान्यतयाः यी पक्षहरुको ख्याल गर्न जरुरी छ ।
– जि.डी.बि.समृद्धीको मुख्य आधार भएकाले यसमा विचार पुर्याउनु पर्दछ ।
– सामाजिक स्वास्थ्य, शिक्षा, घरवास, शान्ति सुरक्षा आदि समृद्धीका महŒवपूर्ण पक्ष हुन् । यसमा सुधार गरी अघि बढ्न जरुरी छ ।
– राज्यको नीति–नियमको कार्यान्वयनमा जोड दिनु पर्दछ ।
– उपभोक्ताको क्रयशक्ति र व्यापार सन्तुलनमा वृद्धि गर्नु पर्दछ ।
– अन्तर्राष्ट्रिय लगानीको वातावरण र आफ्नो मुलुकको अन्तर्राष्ट्रिय लगानी क्षमता बढाउनु पर्दछ ।
– विश्वमा प्रतिष्पर्धी बन्ने वातावरण बनाउनु पर्दछ ।
– ऊर्जा र उत्पादनमा आत्मनिर्भर रहनु पर्दछ ।
– समानता र समतामुलक समाज निर्माणतर्फ लाग्नु पर्दछ ।

निष्कर्ष :

मुलुकको आर्थिक पक्षलाई बढवा दिँदै आमनेपालीको जीवनस्तर उकास्न दिर्घकालीन तथा अल्पकालीन योजना निर्माण गर्नुपर्दछ । आर्थिक परिसूचकको आधारमा समृद्धीको मार्गचित्र तयार पार्दै वर्तमान आर्थिक परिदृश्य र समृद्धीको मार्गचित्रलाई उजागर गर्न के–कस्ता उपाय र प्रविधिहरुको उपयोग गर्दै अघि बढ्न सकिन्छ भन्ने स्पष्ट मार्ग चित्रको प्रस्तुत गरिएको छ । विभिन्न स्रोत, साधन र विधिहरुको छनौट गरी तयार पारिएको आलेखले देशको वर्तमान आर्थिक परिदृश्य र समृद्धीको मार्गचित्रको रुपरेखा तयार पारिएको छ । यसले पक्कै पनि यो मुद्दाको विषयमा उठाइएका समस्या र तिनको निदानका लागि उपयुक्त मार्ग प्रशस्त गर्छ भन्नेमा विश्वस्त छु ।
सन्दर्भ सूची :
– आर्थिक सर्वेक्षण २०७८/०७९
– आर्थिक बर्ष २०७९/०८० को मौद्रिक नीति
– नेपालको संविधान – २०७२
– नेपाली बृहत शब्दकोष
– विभिन्न अनलाइन पोटलहरु

(अधिकारीद्वारा लिखित लेख–राष्ट्रिय लेख लेखन प्रतियोगितामा उत्कृष्ट छनौट भएको थियो 

प्रतिक्रिया

सम्बन्धित समाचार