जेष्ठ ०३ २०८३, आइतबार

गौरादह वाणिज्य संघ अध्यक्षमा खत्री बन्धु सँगै बाँस्कोटा पनि मैदानमा

Ads

 

उद्योग वाणिज्य संघ निर्वाचन आगामी जेठ ९ गते हुने निर्वाचन समितिको कार्यतालिका छ । निर्वाचन नजिकिए सँगै  माहोल तातिदै गएको छ । सुरुमा चन्द्र गौतम, इश्वर खत्री र दिल बहादुर खत्रीले उम्मेदवारी दिने चर्चा थियोे तर अब परिस्थिति अर्कै भएको छ । गौतमले उम्मेदवारी नै दिएनन् ।  अर्का चर्चित फर्निचर व्यवसायी प्रकाश बाँस्कोटाले अध्यक्ष पदमा दावी गर्दै उम्मेदवारी दर्ता गराएका छन् । माहोल तातिदै गरेको बेला परेको उनको उम्मेदवारीले एकाएक चर्चा पाउन थालेको छ । यस अघि भएको निर्वाचनमा बाँस्कोटाले झिनो मतान्तरले पराजित हुनुपरेको थियोे । त्यो बेला  इमानदार छवि भएका जे बी कार्कीलाई निर्वाचन जित्नै सकस पारेका बाँस्तोलाले  यो पटक जितेरै छाड्ने प्रतिबद्धता लिएर निर्वाचनमा होमिएको बताउछन् । बाँस्कोटा व्यवसायी मात्रै नभएर गरिव र निमुखाका लागि भगवान जत्तिकै मानिन्छन् ।  बालेनका कट्टर समर्थकका रूपमा गत प्रतिनिधिसभामा देखिएका यिनी आफुलाई अब्बल दर्जाको उम्मेदवार ठान्छन् । उनको फर्निचर शोरुमको खुला करिडोरमा दर्जनौं स्थानीय भेला हुन्छन् अनि स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय मुद्दामा बहस गरिरहेका भेटिन्छन् बाँस्कोटा । 

Ads


अर्का उम्मेदवार इश्वर खत्रीको छवि पनि असाधारण नै मानिन्छ । मीठो बोली र हसिलो चेहरा त ईश्वरको पहिचान नै हो । खत्री अघिल्लो कार्यसमितिमा महासचिव थिए ।  अनुभवका आधारमा आफुले भोट जित्नेमा ऊनी ढुक्क छन् । चुनावी रणनीति बनाउन निकै चतुर मानिने खत्रीका समर्थकहरु उनलाई निर्विकल्प अध्यक्ष ठान्न थालेका छन् । उनका कट्टर समर्थकहरु भन्छन् , 'इश्वरलाई निर्वाचन जित्न सधैं इश्वर कै कृपा हुन्छ, हार्न जानेकै छैनन् ।  दुई प्रतिस्पर्धी आमनेसामने हुँदै गर्दा अर्का उम्मेदवार दिल बहादुर खत्री पनि योग्यताको हिसाबले कमजोर हुँदै होइनन् । २०४९ साल देखि साइकल दोकान सुरु गरेर आफ्नो व्यवसायलाई निरंतरता दिँदै आएका खत्री कसैको आँखामा राखेपनि नबिझ्ने व्यक्तिको रूपमा परिचित छन् । त्यसो त लामो समय देखि वाणिज्य संघको कुनै न कुनै पदमा निरन्तर रहदै आएका ऊनी यस अघि प्रथम उपाध्यक्षको जिम्मेवारीमा थिए । निस्वार्थ , शान्त र सरल स्वाभाव र सहयोगी भावना नै उनको चुनाव जित्ने बलियो आधार हो ।

 निर्वाचन नजिकिदै गर्दा यो त्रिपक्षीय भिडन्तबाट कसले बाजि मार्ला अनुमान गर्न कठिन छ । बाँस्कोटा आफुलाई अनपढ छु भन्न रुचाउँछन् । अघिल्लो निर्वाचन लड्दा उनले आफू अनपढ रहे पनि वाणिज्य संघलाई कसरी सेवामुखी बनाउनुपर्छ भन्ने राम्रोसँग बुझेको बताउँथे ।  हुनपनि ऊनी सँग भएका भिजन नै उनको मुख्य हतियार हो । उनी भन्छन् , 'उद्योग वाणिज्य संघलाई व्यवसायीले आफ्नै संस्थाको रूपमा स्वीकार गर्नु पर्यो, अनिमात्र यो संस्थाको औचित्य पूर्ण हुन्छ ।' 

Ads

इश्वर खत्री भन्छन् , 'एक कार्यकाल महासचिवमा बसेर हेरियो तर नेतृत्वमा नबस्दा अन्य जुनसुकै पदमा बसेपनि आफ्ना भिजनहरु लागू गर्न नसकिने रहेछ, यद्यपि आफ्नो कार्यकालमा वाणिज्य संघले निकै राम्रा काम सम्पन्न गरेकोमा ऊनी सन्तुष्ट पनि छन् । इश्वर भन्छन् -नेतृत्वमा राम्रो मान्छे आउँदा काम गर्न पनि मज्जै आउँदो रहेछ, जे बी जी को नेतृत्व सँगै समितिमा मिलनसार साथीभाइ हुँदा काम गर्दा धेरै अनुभव बटुल्न पाइयो।' 

त्यस्तै अर्का प्रत्यासी उम्मेदवार दिलबहादुर खत्री भन्छन् , 'लामो समय वाणिज्य संघमा बिताइयो, धेरै राम्रा कामहरू पनि गरियो तर एकपटक नेतृत्व गर्न पाए आफ्नो ज्ञान र अनुभवलाई प्रयोग गर्न सकिने थियोे । उद्योग वाणिज्य संघले अझै धेरै काम गर्न बाँकी रहेको दिलबहादुरको भनाई छ । ऊनी भन्छन् - व्यवसायीको हितमा धेरै काम गरिए अझै गर्न बाँकी छन् , आँफै नेतृत्व गर्दा अझै बढी गर्न सकिन्छ जस्तो लाग्छ । 

Ads

गौरादह उद्योग वाणिज्य संघले स्थापना कालदेखि निकै कठिनाइ र चुनौतीको सामना गर्दै आएको छ । वडा नम्बर ३ मा कार्यालय रहेको यस संस्था सँग दुई वटा ठुला आकारका भवन छन् । महापुराण आयोजना गरेर निर्माण गरिएको पुरानो भवनमा अहिले नगरपालिकाले भाडामा लिएर कबर्ड हल सञ्चालन गरिरहेको छ भनें अएको सुविधा सम्पन्न  आलिसान भवनलाई अतिथि सदनको रूपमा विकास गरिएको छ  । वडा नम्बर ३ मा कार्यालय सार्नु अघि गौरादह उद्योग वाणिज्य संघको कार्यालय गौरादह १ को निलगिरी कोलोनीमा आफ्नै भवनमा सञ्चालित थियोे । चर्चित पत्रकार स्व. इन्द्र लोहनीको स्मृतिमा लोहनी परिवार ( आमा हरिमाया लोहनी) ले दान गरेको जमीनमा निर्माण गरिएको थियोे । जग्गा दाता हरिमाया लोहनीको भर्खरै  निधन भएको छ । लोहनी परिवारले दान गरेको सोही जमीन बिक्री गरि वडा नम्बर ३ मा जमीन थप गरिएको थियोे । 

अर्को बैशाखमा स्थानीय निर्वाचन हुँदै छ । स्थानीय निर्वाचन समेत नजिकिदै गर्दा उद्योग वाणिज्य संघको निर्वाचनलाई मिनि स्थानीय निर्वाचनको रूपमा हेर्न थालिएको देखिन्छ । बाहिरबाट हेर्दा तिनै जना उम्मेदवार स्वतन्त्र उम्मेदवारको रूपमा देखिएता पनि मतदाताले भने आफ्नो प्यानल कुन हो भनेर खोज्न थालेको पाइन्छ । गौरादहका संघ संस्थाको निर्वाचन विषेशगरि खानेपानी, शुभलक्ष्मी सहकारी र उद्योग वाणिज्य संघको निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समुह नै बनाएर चुनावि प्रचारप्रसार गर्ने गरेको इतिहासले गर्दा पनि  यो पटकको निर्वाचनमा घोषित रूपमा अहिलेसम्म कुनै पनि प्यानल देखापरेको छैन ।  स्वतन्त्र संगठनको निर्वाचन हुँदा स्वस्थ प्रतिस्पर्धा मार्फत भरपर्दो कार्यसमिति  निर्माण हुनुपर्ने व्यवसायीको मत पाइन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार