जेष्ठ ०४ २०८३, सोमबार

गौरादह नगरपालिकामा ‘करदाता सेवा’ शुभारम्भ

Ads

 

गौरादह, वैशाख २९ — गौरादह नगरपालिका ले करसम्बन्धी सेवा प्रवाहलाई सहज बनाउन ‘करदाता सेवा’ को औपचारिक शुभारम्भ गरेको छ।
नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख  ले पहिलो प्यान कार्ड वितरण गर्दै सेवाको उद्घाटन गर्नुभएको थियो।
सेवाग्राहीहरूलाई व्यक्तिगत तथा व्यावसायिक PAN दर्ता लगायतका सेवा छिटो, छरितो र सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकामा स्थापना गरिएको सेवा केन्द्रबाट व्यक्तिगत PAN दर्ता, व्यावसायिक PAN दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, KYT (Know Your Taxpayer) Update, व्यवसाय थपघट तथा व्यावसायिक PAN लाई व्यक्तिगतमा रूपान्तरण गर्ने लगायतका सेवाहरू नियमित रूपमा उपलब्ध गराइने जनाइएको छ।
नगरपालिकाले सम्पूर्ण नगरवासीहरूलाई उक्त सेवाको लाभ लिन आग्रह गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार