जेष्ठ ०७ २०८३, बिहिबार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता तालिम दिँदै गौरादह नगरपालिका

Ads


झापा, गौरादह — गौरादह नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन तालिम सञ्चालन गर्ने भएको छ। राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक रोजगार प्रवर्द्धन गर्ने उद्देश्यसहित तीन दिने तालिम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाद्वारा प्रकाशित सूचनाअनुसार वैदेशिक रोजगारीबाट फर्किएर स्थानीय स्तरमै स्वरोजगार बन्न इच्छुक गौरादहभित्र स्थायी बसोबास गर्ने व्यक्तिहरूलाई तालिममा सहभागी गराइनेछ। इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र नगरपालिकाको कार्यालयमा निवेदन दिनुपर्ने उल्लेख गरिएको छ।


आवेदनमा व्यक्तिगत विवरण, काम गरेको देश, स्वदेश फर्किएको मिति (Arrival Stamp) र हालको रोजगार अवस्थासम्बन्धी जानकारी खुलाउनुपर्नेछ।
नगरपालिकाले तालिम सम्बन्धी थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार