बुद्धिजिवि र शिक्षा बारे ग्राम्शीका बिचार
X
ताजा
ट्रेंडिंग
नोभेम्बर ९, सन् १९२६ मा तात्कालिन फासिस्ट इटालियन सत्ताले एक मार्क्सबादी क्रान्तिकारी विचारकलाई अदालतमा पेस गर्यो र मुद्दा चलायो । उनी विरुद्द सजाय सुनाउँदै न्यायधिसले भने " बीस वर्षको लागि हामीले यो मस्तिष्कलाई काम गर्नबाट रोक्नु पर्छ।" उनलाई सुरुमा पाँच बर्ष र त्यसपछी २० बर्षको जेल सजाय सुनाइयो ॥ उनी त्यो ब्यक्ति थिए जो कालान्तरमा माक्र्स पस्चात आधुनिक राजनैतिक दर्शनका महान् मार्क्सबादी विचारकको रूपमा कहलिए ॥ उनी थिए इटालियन कम्युनिस्ट पार्टिका सस्थापक नेता एवम बिचारक एन्टोनियो ग्राम्शी .
११ बर्षको कष्ठकर जेल जिबन पस्चात उनको स्वास्थ्य स्थिति अत्यन्तै विग्रिएकाले उनीलाई जेलबाट मुक्त गरियो । यद्दपी उनी लामो समय भने जिउन सकेनन ॥ जेलबाट रिहा भएको दुईबर्ष पस्चात ४६ बर्षको उमेरमा उनको मृत्यु भयो ॥
ग्राम्शीलाई २० औं शताब्दीका सबैभन्दा प्रभावशाली मार्क्सबादी विचारक मानिन्छ ॥ ११ बर्षको जेल जीवनमा उनले ३० भन्दा धेरै नोटबुकहरू लेखे ॥ उनका कृतिहरू मृत्यु पर्यन्त बिभिन्न भाषामा अनुबादित भए र मार्क्सबादी राजनैतिक दर्शको क्षेत्रमा त्यो प्रिजन नोटबुकको रूपमा परिचित छ।
बिसौं शताब्दीका अन्य समाजिक बिज्ञान बिचारकहरू जस्तै मेक्स वेबर या एमिल दुर्खिम सरह ग्राम्शी कुनै एकडेमिक योग्यता भएका विचारक थिएनन। उनी सँग कुनै उच्च शिक्षा, डिग्री थिएन।उनी एक राजनैतिक कार्यकर्ता एवम तात्कलिन फासिस्ट सत्ताको नजरमा एक उग्रबादी थिए । ग्राम्शीका बिचारहरू राजनैतिक मात्र नभई बौद्दिक बिमर्श हेतु पनि महत्वपुर्ण मानिन्छ । उनको जेल लेखाईहरूमा एक मजबुत रणनितिक आयमहरु देखिन्छन साथै राजनैतिक जिज्ञासाहरू उनको मानसपटलमा सदा बिध्यमान रहने गरेको बुझ्न सकिन्छ।ग्राम्शीका विचारहरू राजनीतिक प्रताणता तथा क्रान्तिकारी जीवनको सङघर्षको जगमा विकसित भएको थियो। त्यसैले ग्राम्शीको विचार उनको जीवन सँग अभिन्न रूपमा जुडिएको छ।
ग्राम्शीका विचारका अनेकौ आयमहरू मध्ये बुद्धिजिवि र शिक्षाबारे यहाँ चर्चा गर्ने प्रयास गरीएको छ ।
ग्राम्शीको बिचारमा बुद्धिजीवी संस्कृतिक विश्वको एक केंद्रीय व्यक्ति हो । ग्राम्शीको बिचार श्रृङखलामा बुद्धिजिबि र शिक्षाको प्रश्न सँधै जोडिएर रहने गर्दछ्। उनको विचारमा शिक्षा एक यस्तो बस्तु हो जसले समाजमा प्रशिक्षक तथा बुद्धिजीविहरूको निर्माण गर्दछ जो लोकप्रिय जनतालाई शिक्षित गराउन तथा आफ्नो बौद्धिक स्तरको उन्नति गर्न सक्षम हुन्दछन ।
Gramsci को बिचारमा शिक्षा केवल एक राजनीतिक तथा बौद्धिक कार्य मात्र नभएर शारीरिक कार्य समेत हो। अध्ययन एक नौकरी हो तथा भौतिक तथा मानिसक रूपमा थकित बनाउने कार्य हो, जस अन्र्तगत मांसपेशि तथा नसाका साथ-साथै बुद्धिको निरन्तर अभ्यास शामिल हुन्छ। ग्राम्शीले शिक्षाका सन्दर्भमा आफ्ना विचार बिमर्श गरीरहदा शिक्षकको श्रमबारे पनि विशेष दखल राखेको देखिन्छ । उनको बिचारमा शिक्षक तथा छात्रको बीच ज्ञान हस्तान्तरण 'केवल शिक्षकको जीवित कार्यले मात्र महसूस गर्न सकिन्छ'। ग्राम्शीको लागि शैक्षिक अभ्यास स्कूल विश्वविद्यालय सम्म मात्र सीमित छैन बरु पूरै समाजमा अन्तरनिहित हुन्छ तथा संचालित हुन्छ । स्कूल प्रणाली बाहेक ग्राम्शी सार्वजनिक तथा निजी संस्थालाई शैक्षिक गतिविधिको स्थलको रूपमा पहचानती गर्दछन। जस अन्तरगत संसद तथा विधायक र यिनका गतिविधि तथा दण्ड प्रणाली रहेको छ।त्यस्तै राजनीतिक दल, ट्रेड यूनियन, चर्च, क्लब,प्रेस, रेडियो, थिएटर, संग्रहालय, पुस्तकालय, साहित्यिक समाज मात्र नभएर यहाँ सम्म कि, वास्तुकला तथा शहरीकरण जस्तो अधिक पारंपरिक 'सांस्कृतिक' संगठनहरू समेत ग्राम्शीको शैक्षिक गतिविधि स्थलको रूपमा शामिल छन।
ग्राम्शीको दृष्टिकोणको वास्तविक गहिराई भनेको उनी समाजमा बिद्यमान अनेकन प्रथाहरुको अंतर विशिष्टताहरूलाई खारेज नगरि ति विविध सामाजिक प्रथाहरु बीच उद्देश्य संबंन्धबारे बुझ्न संभव बनाउछन। ग्राम्शीको विचारमा शिक्षा ज्ञान तथा संस्कृतिलाई प्रसारित गर्ने एक 'जीवित गतिविधि' हो, जो अतीतको अनुभवबाट विरासतमा प्राप्त हुन्छ तथा अभ्यास द्वारा त्यसलाई पुन:सक्रिय पार्नु पर्दछ ।ग्राम्शीका बिचारमा माथि उल्लेखित तमाम सबै संस्थानहरू शिक्षाको यहि जिवन्त गतिबिधिमा निरन्तर भाग लिई रहन्छन।
ग्राम्शीको शिक्षा सम्बन्धी यहि द्रिस्टीकोण सँगै बुद्धिजिबीको प्रश्न पनि जोडिएर आउने गर्दछ।बुद्धिजीवीको प्रश्नमा ग्राम्शीको बिचार उनको जेल नोटबुकमा खण्डितरूपमा सम्प्रेशित भएको देखिन्छ। बुद्धिजिविको सन्दर्भमा ग्राम्शीको दृष्टिकोणमा पहलो कदम बौद्धिकता संभावित सबै परिभाषा को खारेज गर्नू हो जसले बौद्धिक गतिविधिका सामग्रीहरूलाई 'मैनुअल' के सट्टा 'सेरेब्रल' को रूपमा प्रतिबिम्बित गर्दछ। ग्राम्सीका अनुसार 'यस्तो कुनै मानवीय गतिविधि छैन जँहा बौद्विकता र यसका अवयवहरूको संलग्नता हुदैन। होमो फैबरलाई होमो सेपियन्सबाट अलग गर्न सकिदैन। प्रत्येक मानव गतिविधि, जसमा एक निश्चित मात्रामा मानसिक व्यय तथा प्रयासको आवश्यकता हुन्छ , ति सबै गतिबिधि बौद्धिक गतिबिधि भित्र रहन्छन ।
ग्राम्शीको बिचारमा समाजमा सबै मानिसहरू बुद्धिजीवी हुन, सबैमा बौद्धिक तथा तर्कसंगत क्षमता हुन्छ तर सबैमा बौद्धिकतालाई सामाजिक कार्यमा स्थानान्तरित गर्ने क्षमता भने हुदैन।
बुद्धिजीवीहरू स्वयम आँफैमा बन्दैनन यो समाजले बुद्धिजीवी निर्माण गर्दछ।ग्राम्शीको बिचारमा बौद्धिकता मानिसको सामाजिक भूमिका द्वारा निर्माण हुन्छ। भूमिका भन्नाले समाजमा ज्ञानको उत्पादन तथा प्रसारमा शामिल भन्ने बुझ्नुपर्छ। अत: बुद्धिजीवीको कार्य श्रमिक तथा किसान भन्दा अलग्गै समाजको भौतिक संसाधनको पुनरुत्पादनमा भाग लिनु हो।
ग्राम्शीको द्रिस्टीकोणमा बौद्धिक स्तरको दायरा धेरै फराकिलो रहेको छ जस अन्तरगत समाजका कयौं प्रकारका मानिसहरू शामिल छन। विश्वविद्यालयका प्रोफेसर, शिक्षाविद, पत्रकार तथा लेखक निश्चित रूपमा बुद्धिजीवी भित्र पर्दछन , ति बाहेक कलाकार, पुजारी, प्राबिधिक, राजनेता, सिविल कर्मचारी, वकील तथा यहां सम्म कि सेना प्रहरीहरू समेत ग्राम्शीको बुद्धिजिबिको अवधारण भित्र पर्दछन । उल्लेखित सबै समुहहरू कुनै न कुनै रुपमा समाजमा एक निश्चित सांस्कृतिक, राजनीतिक तथा प्राबिधिक कार्य पूरा गर्दछन । यिनिहरूले समाजको त्यो प्रक्रियामा प्रत्यक्ष भाग लिन्दछन जस द्वारा एक निश्चित सांस्कृतिक वातावरणको निर्माण हुन्छ , र यसको माध्यमबाट बिस्व जगत बारे एक निश्चित दृष्टिकोणको समेत निर्माण भई फैलन्छ र समय तथा स्थान अनुकुल पुनरुत्पन्न हुन्छ। '
ग्राम्सीको विचारमा बुद्धिजीवीले सामाजिक स्तरलाई प्रतिनिधित्व गर्दछ्न , जो त्यो वर्ग सँग अलग रहन्छ जो समाजको भौतिक प्रजननमा प्रत्यक्ष भाग लिइरहेको हुन्छ।ग्राम्स्कीको दृष्टिकोणमा समाजमा 'मौलिक वर्गको तुलनामा बुद्धिजीविहरूमा समाजको नेतृत्व गर्ने बिचार र दर्शन निर्माण गर्ने हैसियत रहन्छ । यसै सन्दर्भमा यहाँ ग्राम्शी प्रश्न गर्छन, 'के बुद्धिजीवी स्वायत्त तथा स्वतंत्र सामाजिक समूह हो ? के प्रत्येक सामाजिक समूहको आफ्नो विशेष विशिष्ट श्रेणीको बुद्धिजीवि रहन्छ? ग्राम्शीका यिनै प्रश्नहरूको द्वन्दात्मकबाट दुई प्रकारका बुद्धिजिबि मोडेलको बिकास हुन्छ। सर्वप्रथम , ग्राम्शी बुद्धिजीवीहरू स्वतन्त्र हुने र इतिहासको उथल-पुथल भन्दा माथि उठेर सोच्न सक्षम हुन्छन र सबै खाले सामाजिक संघर्ष भन्दा स्वतंत्र तथा सामाजिक पूर्वाग्रह मुक्त विचार सम्प्रेशण गर्दछन भन्ने मान्यता बिरुद्व खडा हुन्छन।ग्राम्शी यँहा तात्कालिन र्याडिकल माक्ससिस्टहरूको बिपक्षमा उभिइन्छन जो समाजको सांस्कृतिक पहिचानलाई फगत एक आर्थिक शक्तिको यान्त्रिक प्रतिबिम्ब ठान्दथे। ग्राम्शीको बिचारमा 'आर्थिक शक्तीका कुनै पनि प्रतिबिंबले त्यो निर्णायक भूमिका माथि न्याय गर्न सक्दैन जसबाट बुद्धिजीविको संस्कृतिको विकास हुन्छ।
अश्लिल आर्थिक नियत्वबादको खारेजका बावजुत ग्राम्शी मार्क्सको मुलभाव प्रति भने बफादार हुन्छन र समाजिक शक्ती बिचको बर्ग सङघर्षलाई आत्मसाथ गर्दछन। माक्सको बिचारलाई बिकसित गर्दै ग्राम्शी दुई अलग अलग बुद्धिजिबी बिचको द्वोत्दात्मकता बारे प्रस्ट पार्दछन l दुई अलग बुद्धिजिवि भन्नाले जैविक बुद्धिजीवी' तथा 'पारंपरिक बुद्धिजीवि हो । ग्राम्सी जैविक बौद्धिजिबि भन्नले बिकासित हुदै गरेको समाजिक बौद्धिक बिचार (बुर्जुवा बर्ग) समुह हो जो नयाँ उत्पादक साधन, कानूनी तथा सांस्कृतिक प्रणालीको प्रगति हिस्सा लिन्छन । अर्थात , समाजमा सत्ता सँग प्रत्यक्ष संलग्न नभएका तर अप्रत्यक्ष सहयोगि भुमिकामा रहने प्रबिधिक प्रबंधक, आर्थिक सलाहकार, वकील आदि जैविक बुद्धिजीवि अन्तरगत पर्दछ्न ।
ग्राम्शी जैविाक बुद्धिजिबी सँगै त्यो समुहको पहिचान गर्छन जुन बिकसित समाजिक बर्ग (जैविक बुद्धिजिबि) पुर्व देखि अस्तित्व मा थिए । जसलाई ग्राम्शी पारम्पारिक बुद्धिजिबिको संज्ञा दिन्छन । पारम्पारिक बुद्धिजिबि अन्तरगत ग्राम्सी पहिलो श्रेणीमा चर्च र त्यसमा आबद्ध ब्यक्तीहरूलाई राख्दछन। सामन्ती समाजको उत्पादन "धर्म " र त्यस मार्फत समाजको उत्पादन प्रणाली र साधन उपर नियन्त्रण गर्ने गर्दछन ॥ धार्मिक समुह बाहेक ग्राम्शी राज्यका केहि उच्च अधिकारीलाई पनि पारम्पारिक बुद्धिजिबिको श्रेणीमा राख्दछन। प्रशासनिक उच्चपद् या कुल्लिन बर्गका राजनायिक ब्यक्तिहरू यस भित्र पर्दछन । समाजको अभिजात बर्ग जो सामन्ती ब्यवस्थाको लिगेसी सँग अनोन्याश्रीत सम्बन्ध राख्दछ तिनिहरू पनि पारम्पारिक बुद्धिजिबिको सुचीमा पर्दछन । ग्राम्शी पारम्पारिक बुद्धिजिबि केन्द्रिय बिशेषताको रूपमा
पुरानो सांस्कृतिक रूढिबादको संरक्षक बनिरहने चेस्टा गर्नुलाई मान्दछन। ग्राम्सीले आफ्ना समकालिन पारम्पारिक बुद्धिजिबिहरूलाई सम्झदै एकपटक भनेका थिए । " कसैकसैलाई चाँहि आँफै राज्य हो भन्ने लाग्दो रहेछ। ग्राम्शीले शुद्ध स्वतन्त्र बौद्धिकतालाई एक भ्रमको संज्ञा दिएर खारेज गरी दिएका छन।
इतिहास तथा सामाजिक अंतर्विरोधबाट बिमुख भई'स्वतंत्र विचारको संभावनालाई खारेज गरी ग्राम्सी बुद्धिजीविहरूलाई राजनीतिको एक महत्वपूर्ण भूमिका रहेको ठान्दछन । विशेष रूपमा ग्राम्शी सर्वहारा वर्गका जैविक बुद्धिजीविलाई एक नयाँ संस्कृतिको निर्माण गर्न तथा, विस्व जगतमा एक नयाँ अवधारणा फैलाई राजनीतिक संघर्षको मैदानमा निर्देशनको भूमिका निर्वाह गर्न आह्वान गर्छन। बुद्धिजिबि हुन वाक्पटुक्ता हुनु मात्र हैन ॥ वाक्पटुता भावना र जोस द्वारा प्रेरित एक बाहिरी र क्षणिक आवेग मात्र हो। बुद्धिजिबिको अर्थ ब्यावहारिक जिबनमा सक्रिय भागीदारी, निर्माता, आयोजक बन्नु हो।
ग्राम्ससीको बिचारमा बौद्धिक गतिविधि, एक यस्तो गतिविधि हो जो व्यक्ति बिस्व सँग साथ जोडिन्छन र परीवर्तनको संवाहक बन्दछन। यहां मुख्य अंतर मात्र के हो भने कार्यकर्ताहरू भौतिक वस्तुको उत्पादन गर्दछन भने बुद्धिजीवी ज्ञान र संस्कृतिको उत्पादन गर्दछन।
यस बाहेक, ग्राम्सी क्रांतिकारी बुद्धिजीवि (जैबिक बुद्धिजीवी) को सन्दर्भमा उनीहरूलाई ऐतिहासिक प्रक्रियाको उत्प्रेरक अवयवको रुपमा ब्याख्या गर्छन जसद्वारा सर्वहारा वर्ग खुदलाई राजनीतिक तथा सांस्कृतिक दुबै तरिकाले समरुपता प्राप्त गर्दछ्।
ग्राम्शीको शिक्षा वा बुद्धिजिवि बिषायक दर्शन र द्रीस्टीकोण मुख्य साध्य भन्नु नै सांस्कृतिक बर्चस्वको निर्माण गर्नु हो ॥शिक्षा र बुद्धिजिबि बारे उनको बिचारले सँधै जैविक बुद्धिजिबिहरू जो सुरूवातमा बुर्जुवा र कालान्तरमा सर्वाहारा बर्गको सामिप्य आउदछन , उनीहरूलाई शिक्षा द्वारा आम ब्यक्ती अनुकुल सांस्कृतिक पुँजीको निर्माण गरि सांस्कृतिक बर्चस्वबादको निर्माण गर्न प्रेरित गर्नु नै ग्राम्शीको बिचारको निर्विकल्प उद्देश्य हो भन्न सकिन्छ।।
प्रतिक्रिया