भियतनामले हनोईदेखि होची मिन्ह शहरसम्म उच्च गतिको रेलमार्ग निर्माण गर्ने घोषणा गर्यो
राजधानीदेखि व्यापारिक केन्द्र होची मिन्ह शहरसम्म निर्माण गरिने एक हजार पाँच सय किलोमिटरभन्दा बढी लम्बाइको रेलमार्गले रेलको अहिलेको ३० घण्टे यात्रालाई झन्डै पाँच घण्टामा झार्नेछ ।

भयतनाम संसदको वेबसाइटमार्फत् सार्वजनिक विज्ञप्तिमा रेलमार्ग निर्माणका लागि राष्ट्रिय सभामा मतदान भई परियोजनो अनुमोदन भएको उल्लेख छ । सन् २०१० मा राष्ट्रिय सभाले ५६ अर्ब अमेरिकी डलर अनुमान गरिएको यही परियोजना निकै महँगो भएको भन्दै खारेज गरेको थियो ।
प्रतिक्रिया