वैशाख ३१ २०८३, बिहिबार

अत्यधिक तापक्रमका कारण गौरादह नगरपालिका अन्तर्गतका विद्यालयहरू दुई दिनका लागि बन्द

Ads

 

गौरादह, झापा — २०८२ जेठ २९
गौरादह नगर कार्यपालिकाको कार्यालय, झापा द्वारा जारी सूचनाका आधारमा अत्यधिक तापक्रम वृद्धि र त्यसबाट सिर्जना हुन सक्ने स्वास्थ्य जोखिमका कारण मिति २०८२ साल जेठ २९ र ३० गते (२ दिन) विद्यालयहरूको नियमित पठनपाठन स्थगित गरिएको छ।

Ads

नगरप्रमुख छत्रपति सुवेदीको हस्ताक्षर रहेको सूचनामा उल्लेख गरिएको छ कि पछिल्ला केही दिनदेखि तापक्रम अस्वाभाविक रूपले वृद्धि भएको छ। यस अवस्थाले शैक्षिक गतिविधिमा प्रतिकूल असर पार्नुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा समेत जोखिम उत्पन्न गरेको हुँदा यस्तो निर्णय लिइएको हो।

Ads

यस अवधिमा पठनपाठन स्थगित गरिएको दुई दिनको बिदा विद्यालयको वार्षिक विदाबाट कट्टा गरिने नगरपालिकाले स्पष्ट पारेको छ। यस सूचना अन्तर्गत गौरादह नगर क्षेत्रभित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा लागू हुनेछ।

नगरपालिकाले सम्पूर्ण विद्यालयहरूलाई यस निर्णयको पालना गर्न अनुरोध गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार