असार २८ २०८२, शनिबार

गौरादह बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा योगराज दाहाल

गौरादह बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालन समिति अध्यक्षमा योगराज दाहाल निर्वाचित भएका छन् । क्याम्पसको विधान २०८१ बमोजिम शनिबार सम्पन्न प्रथम क्याम्पस सभाबाट नयाँ क्याम्पस सञ्चालक समिति निर्वाचित भएको हो ।
Ads


पर्दाफास, ३१ असार २०८२ – 

गौरादह । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रोत खुम्चिएको कारण प्रदेशको बजेटको आकार प्रत्येक वर्ष घट्दो रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०७५ / ७६ मा ४६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको भएपनि अहिले ३६/ ३७ अर्बको मात्रै ल्याउनुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । आज झापाको गौरदह क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको अन्तिम तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँले  संघीय सरकारले केही श्रोतहरु अहिले रोकेको चर्चा गर्दै आगामी बजेट ३६/३७ अर्बको आउन सक्ने  बताउनुभयो। 

Ads

मुख्यमन्त्री कार्कीले भन्नुभयो - 'अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ तर वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।'

Ads

मुख्यमन्त्रीले बजेट तयारीको अन्तिम चरण सकिएको र भोलि प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिने जानकारी पनि दिनुभयो। उहाँले श्रोत व्यवस्थापनमा चुनौती रहँदा केन्द्र सरकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भन्नुभयो, “कतिपय श्रोतमा केन्द्र सरकारले कानुन बनाएर अधिकार दिन बाँकी छ, कतिपय श्रोत बन्द नै गरिएको छ।”

प्रदेश सरकारको बजेटले शिक्षा, पूर्वाधार र सामाजिक क्षेत्रलाई प्राथमिकता दिने तयारी गरेको छ। सीमित स्रोतका कारण अपेक्षा अनुसारको बजेट ल्याउन कठिनाइ भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । गौरदह को विकासमा महत्वपूर्ण भूमिका खेलेको सो क्याम्पस को विविध पक्षबारे पनि मुख्यमन्त्रीले चर्चा गर्नुभयो। उहाँले क्याम्पसको स्तरउन्नति र भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मुख्यमन्त्री कार्कीले सो अवसरमा क्याम्पसबाट विदाई हुन लाग्नुभएका शिक्षकहरू आगामी दिनको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको थियो।

नयाँ सञ्चालक समितिमा दाहाल 

गौरादह बहुमुखी क्याम्पसको क्याम्पस सञ्चालन समिति अध्यक्षमा योगराज दाहाल निर्वाचित भएका छन् । क्याम्पसको विधान २०८१ बमोजिम शनिबार सम्पन्न प्रथम क्याम्पस सभाबाट नयाँ क्याम्पस सञ्चालक समिति निर्वाचित भएको हो । सभाबाट दाहालको अध्यक्षतामा गठित समितिमा सिताराम भट्टराई, डिल्लीराम अधिकारी, फडिन्द्रराज दाहाल, बाबुराम भण्डारी, लिला कट्टेल कार्की, विनिता कटुवाल र तीर्थराज खनाल सदस्यको रूपमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष योगराज दाहाल लगायत सम्पूर्ण समिति सदस्यहरूलाई हार्दिक बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरिएको छ। अनुभवी र सक्षम नेतृत्वको यो समितिले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। क्याम्पसको विकास र समृद्धिका लागि समितिको सक्रियता र उत्साहले थप हौसला प्रदान गरेको सरोकारवालाको ठहर छ । 

स्थानीयको पहल र प्रयत्नमा वि. सं. २०४६ सालमा स्थापित गौरादह बहुमुखी क्याम्पसमा हाल स्नातक तहका कक्षाहरु सञ्चालन हुँदै आएका छन् । अझै सम्म त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सम्म बन्न नसकेको यो क्याम्पस सामुदायिक क्याम्पसकै रूपमा सञ्चालित छ ।  भिम विजय बाँस्तोला क्याम्पस प्रमुख रहेको यस क्याम्पसमा यसै हप्ता मात्र दिपक पौडेललाई सहायक क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । ग्रामीण भेगमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित गौरासह बहुमुखी क्याम्पस पछिल्लो समय निकै धरासायी बन्दै गएको बेला गठन गरिएको नयाँ सञ्चालन समितिले क्याम्पसलाई जीवन्त राख्न महत्त्वपूर्ण कदम चाल्ने विश्वास गरिएको छ । 


के भन्छन् नवनिर्वाचित अध्यक्ष ?
अध्यक्षमा आफुलाई सर्वसम्मत निर्वाचित गरेकोमा नवनिर्वाचित अध्यक्ष योगराज दाहालले सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ । सिंगो भूगोलको शैक्षिक गन्तव्यको रूपमा परिचित गौरादह बहुमुखी क्याम्पसलाई भरपर्दो शैक्षिक गन्तव्यको रूपमा बिकास गर्न नयाँ समितिले कार्य थालनी गर्ने वहाँले प्रतिबद्धता जनाउनु भएको छ ।

तीन तले भवन भएपनि समग्र शैक्षिक वातावरणको कायम गर्न भवन साँघुरो नै छ । आर्थिक रूपमा समेत झण्डै ५०/५५ लाखको हाराहारीमा घाटा बजेट रहेकोले यसलाई समायोजन गर्न समेत जटिलता रहेको वहाँले वताउनु भएको छ । 

'हामी घाटा बजेटमा छौ, बल्लतल्ल एउटा भवन सम्म बनेको छ ।  निर्मित भवनलाई पूर्ण प्रयोगमा ल्याउन पनि संरचनागत सुधार ल्याउनुपर्ने देखिन्छ । टप फ्लोरमा टस छाना हाल्नुपर्ने टड्कारो आवश्यक रहेको छ । सरोकारवाला सबै सँग परामर्श गरेर यस क्याम्पसलाई बलियो बनाउने समिति लागिपर्ने छ, सधैंभरी सामुदायिक क्याम्पसकै रूपमा राख्नु भन्दा पनि कुनै पनि प्रतिष्ठित विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा लैजाने हाम्रो मुख्य पहल रहनेछ  ।', पर्दाफास प्रतिनिधि  सँग कुरा गर्दै वहाँले बताउनु भयो । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार