एसईई परीक्षाको नतिजा कहिले प्रकाशित हुँदैछ ?
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा नियमित तालिकाभन्दा ढिलो प्रकाशित हुने भएको छ । क्यालेन्डर अनुसार असार ७ भित्रै प्रकाशित गर्नु पर्ने नतिजा अझै १० दिनजति ढिलो हुने बोर्डले जनाएको हो ।

शिक्षक आन्दोलनका कारण बोर्डको तालिका ३२ दिन पर सरेकोले ढिलोमा असार अन्तिम सातासम्ममा नतिजा सार्वजनिक हुने जनाइएको छ ।
प्रतिक्रिया