फाल्गुण ३० २०८२, शनिबार

लामिछानेलाई थुनामै राख्ने आदेश

Ads

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश जिल्ला अदालत रुपन्देहीले गरेको छ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार लामिछानेको जमानत माग सम्बन्धी निवेदन अस्वीकृत गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

Ads

बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा लामिछाने हाल थुनामा रहेका छन्। उनले गत १९ साउनमा जमानत लिएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दर्ता गरेका थिए, तर अदालतले उक्त माग अस्वीकृत गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार