पुष्पकमल दाहालद्वारा कम्युनिष्ट पार्टी एकताको आवश्यकतामा जोड
पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरूबीच फेरि पार्टी एकता आवश्यक भएको बताएका छन्। अध्यक्ष दाहालले पार्टी विभाजनका कारण अहिले आफ्नो पार्टीको मत घटेको उल्लेख गर्दै, नेतृत्व आफ्नो भएको भए पार्टी विभाजन नै नहुने बताए।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै उनले नेकपा (एमाले) सँगको एकतापछि मूल नेतृत्व माओवादी केन्द्रको नभएको कारण एकता कायम नभएको बताए।

दाहालले भने,
"समाजवादको यात्रातिर हामी गम्भीर ढङ्गले जान सम्भव थियो, तर मूल नेतृत्व हाम्रो भएन। मूल नेतृत्व एमाले भएर फुटेको हो।"

उनीले माओवादी जनयुद्ध सामन्तवादविरुद्ध सोचविचार गरेर थालनी गरिएको र अहिले फेरि विरोधीहरूले प्रचार गरेर जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेको उल्लेख पनि गरे।
प्रतिक्रिया