माघ २६ २०८१, शनिबार

एन्फा उमन्स लिगमा प्रथम हुने खेलाडीलाई जनही १ लाख दिने मुख्यमन्त्रीको घोषणा

Ads

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एन्फा नेशनल उमन्स लीग प्रतियोगितामा प्रथम भएमा खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । आज बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगामी भदौ १६ गतेदेखि हुने राष्ट्रिय लीगमा भाग लिने  महिला फुटबल खेलाडीलाई बिदाई गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश विजयी भएमा खेलाडीहरुलाई जनही न्युनतम १ लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गर्नुभएको छ । उहाँले खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागि अन्य थप कार्यक्रम पनि ल्याइने बताउनुभयो । उहाँले प्रदेशको खेलकुदलाई बलियो बनाउने गरी नीतिगत र कानुनी व्यवस्था गर्ने तयार भइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले खेलकुदलाई देखाउन र चिनाउने गरी प्रदेशमा काम गर्ने जानकारी दिँदै खेलकुद परिषदलाई बलियो बनाउने बताउनुभयो । उहाँले भन्नुभयो “हामी सबै हिसाबले प्रदेशमा खेलकुदलाई बलियो बनाउने गरी लागेका छौँ । ” खेलबाट पनि जीवन चल्ने वातावरण बनाउने गरी काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार