भदौ २१ २०८३, आइतबार

च्याम्पियन्स लिगमा रियल माड्रिडको विजयी सुरुवात

माड्रिड ।
१५ पटकको युरोपियन च्याम्पियन रियल माड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। १० खेलाडीमा सीमित भएर पनि रियलले फ्रान्सेली क्लब मार्सेललाई २–१ ले पराजित गर्‍यो।

खेलको २२औँ मिनेटमा टिमोथी वेहाले मार्सेललाई अग्रता दिलाए। तर, ६ मिनेटमै जेफ्री कन्डोग्बियाले रोड्रिगोलाई लडाएपछि रियलले पाएको पेनाल्टीलाई किलियन एम्बाप्पेले गोलमा परिणत गर्दै बराबरी गरे।

७२औँ मिनेटमा डानी कार्भाहालले गोलकिपर जेरोनिमो रुलीसँग झगडा गर्दा रातो कार्ड खाँदा रियल १० खेलाडीमा सीमित भयो। त्यसबेला खेल तनावपूर्ण बनेको थियो।

यद्यपि, ८१औँ मिनेटमा फाकुन्डो मेडिनाको ह्यान्डबलपछि रियलले दोस्रो पेनाल्टी पायो र एम्बाप्पेले पुनः गोल गर्दै टोलीलाई जित दिलाए।

मार्सेका पिएर–एमरिक ओबामेयाङले दुई पटक अग्रता लिने अवसर पाए तर उनको प्रहार पहिलो पटक बाहिरियो र दोस्रो पटक थिबो कोर्टोइसले बचाए।

यो जितसँगै प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा रियलले गत सिजनको निराशाजनक प्रदर्शन सुधार्ने संकेत गरेको छ। गत सिजन ११औं स्थानमा रहँदै प्ले अफ खेल्नुपरेको थियो।

रियलले अब आगामी ३० सेप्टेम्बरमा कजाकिस्तानको कायराटविरुद्ध खेल्नेछ भने मार्सेले आयाक्सको सामना गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार