श्रावण २९ २०८३, शुक्रबार

एपीएफ फुटबल क्लबको एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरियो

एपीएफ फुटबल क्लबको एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरियो

 

 एपीएफ फुटबल क्लबको महिला टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ । घरेलु टोली मलेसियाको सबाह एफसीसँग हिजो गोलरहित बराबरी खेलेसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको दुई खेलमा गोलको खाता पनि नखोली एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० ले पराजित एपिएफ अङ्क तालिकाको पुछारमा रह्यो । समूह ‘सी’मा नसाफको ३ तथा सबाह र एपीएफको समान १ अङ्क छ । समूहको विजेता मात्र अघिल्लो चरणमा प्रवेश गर्ने नियम छ ।

एपीएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एशियामा महिला फुटबलको विकासका लागि पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागिता रहनेछ । जसमा सन् २०२४ को फिफा वरियतामा टप आठमा परेका राष्ट्रका क्लबहरु समूह चरणका लागि सीधै छनोट भइसकेका छन् ।

लिगमा जापान, चीन, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया लगायत देशका क्लबको सहभागिता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ । प्रारम्भिक चरणमा रहेका १४ देशका क्लबहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार