पार्टी एकताबारे निर्णय गर्न माओवादी केन्द्रको सचिवालय बैठक आज
काठमाडौं।
पार्टी एकता प्रक्रियासम्बन्धी निर्णय लिन नेकपा (माओवादी केन्द्र) ले आज दिउँसो महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार बैठकमा नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी लगायत दलसँग एकता, पद व्यवस्थापन, र मोडालिटीबारे विस्तृत छलफल हुनेछ।
यसअघि शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया