कार्तिक २० २०८२, बुधवार

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज सिंहदरबारमा

Ads

काठमाडौँ —
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ। बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने तय गरिएको छ।

बैठकको कार्यसूचीमा खानेपानी, सरसफाइ तथा स्वच्छता उपसमितिले मधेस प्रदेशमा गरेको स्थलगत भ्रमण प्रतिवेदनमाथि छलफल गर्ने विषय समावेश गरिएको छ।

Ads

समितिले उक्त प्रतिवेदनका निष्कर्ष र सुझावहरूका आधारमा प्रदेशस्तरीय खानेपानी र सरसफाइसम्बन्धी कार्यक्रमहरूको प्रभावकारिता र सुधारका उपायबारे पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार