नेपाल वंशज परिषद झापा जिल्ला अधिवेशन सम्पन्न
नेपाल वंशज परिषद झापा जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिवेशन सम्पन्न गरिएको छ । कन्काई नगरपालिका कोटिहोम स्थित घृतकौषिक प्रतिष्ठानको सभाहलमा शनिबार सम्पन्न कार्यक्रमले गिरिराज नेपालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गर्दै तेस्रो अधिवेशन सम्पन्न गरिएको हो ।

सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गंगाराम नेपाल, उपाध्यक्षमा देवी नेपाल, महासचिव पारसमणी नेपाल, सचिबमा बासुदेव नेपाल, कोषाध्यक्ष नेत्र नेपाल, तथा सदस्यहरुमा मान्डुका देवी आचार्य (नेपाल), टीका नेपाल , तारा नेपाल, जीवन नेपाल, वालकृष्ण नेपाल, याम नेपाल, राम नेपाल, प्रभा नेपाल र माया नेपाल रहेका छन् ।

समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रिय उपाध्यक्ष हरि प्रसाद नेपालले परिषदका विभिन्न क्रियाकलाप र आगामी कार्यक्रमबारे प्रकाश पारे ।
अधिवक्ता स्वागत नेपालले नेपाल थरको उत्पत्ति र नेपाल बन्दुहरुले राष्ट्र एकीकरणको ऐतिहासिक समयमा निर्वाह गरेको साहसिक भूमिका बारे चर्चा गरे ।

ईलाका प्रशासन कार्यालय दमकका प्रमुख विश्वराज नेपाल, मोरङ उपाध्यक्ष चुडामणी नेपाल, गोत्रीय प्रतिष्ठान अध्यक्ष विष्णु बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष नेत्र प्रसाद नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ६ लाख ६९ हजार ६ सय ७२ वित्तीय विवरण प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया