कराँतेको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन गौरादहका खेलाडी त्रिपूरा प्रस्थान
सितेरियो कराँतेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन गौरादहका खेलाडीहरु भारत प्रस्थान गरेका छन् । भारतको त्रिपुरामा आयोजना मे १०-१२ मा आयोजना हुने अन्तर्राष्ट्रिय सितेरोयो कराँते प्रतियोगितामा भाग लिन गोल्डेन सनराईज मा. वि. गौरादहका दुई खेलाडीहरु सन्तोष तामाङ र मनोज कठायत त्यसतर्फ प्रस्थान गरेका हुन् । त्रिपुरामा आयोजना हुने उक्त खेलमा नेपाल लगायत भारत, भुटान, बंगलादेश र श्रीलंकाका खेलाडीहरु भाग लिने गोल्डेन खेलकुद प्रशिक्षक भरत मगरले जानकारी गराएका छन् । दुबै खेलाडीलाई गौरादह नगर खेलकुद समितिका उपाध्यक्ष निर्मल बाँस्तोलाले बिदाई गरेका थिए । उक्त अवसरमा संक्षिप्त मन्तव्य राख्दै बाँस्तोलाले गोल्डेन सनराईज मा. वि. का सितेरियो खेलाडीहरुले एकपछि अर्को अन्तर्राष्ट्रिय पदक हात पार्दै गौरादहको मात्रै नभएर सिंगो झापा जिल्लाकै नाम रोशन गरेको बताए ।
३ महिना अघि मात्रै भारतको पश्चिम बंगालमा आयोजित अन्तर्राष्ट्रिय खेलमा गोल्डेन सनराईजका ५ बिद्यार्थीहरुले ५ वटा फरकफरक तौल समूहमा उपाधी उचाल्न सफल भएका थिए भने दुई हप्ता अगाडि लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा सोही बिद्यालयका बिर्जाहाङ लिम्बू र नवीन रिजालले प्रथम स्थानको दुई पदक हात पार्न सफल भएका थिए ।

प्रतिक्रिया