ग्रान्ड प्रिमियरसँगै ‘नेपहपको श्रीपेच २’ सुरु
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगदसहित वर्ल्ड टुरको अवसर एवं ब्रान्ड इन्डोर्समेन्टको अवसर पाउनेछ । उपविजेताले नगद पाँच लाखका साथै विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् । हालसम्म कार्यक्रमको अस्ट्रेलिया, अमेरिका र दुबई टुर पनि कन्फर्म भइसकेको छ ।
दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच २’ को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गरेका हुन् । कार्यकारी निर्माताको रूपमा रोशनकुमार श्रेष्ठ छन् ।
निर्णायकको रूपमा मानस घले, गिरिश खतिवडा र महेश तामाङ ‘दोङ’ छन् । पहिलो सिजनमा जजको रूपमा हाल काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका बालेन शाह थिए । मेन्टरको रूपमा पहिलो सिजनका विजेता भाइबर साइमन, भ्योमा र याबी द गोट रहेका छन् । कार्यक्रमलाई निकेश खड्काले निर्देशन गर्दैछन् ।
प्रतिक्रिया