जेष्ठ १२ २०८३, मंगलबार

गौरादह पुस्तकालयको आयोजनामा १७ औं राष्ट्रिय पुस्तकालय दिवस (तस्बिरहरु)

जेबि खड्का गौरादह/ बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुका लागि पुस्तकालय ज्ञानकाे भण्डार मानिन्छ। पुस्तकालयमा राखिएका पुस्तकहरुकाे अध्यानबाट बाह्य ज्ञान लिन सकिन्छ।
Ads

अधिकांश पालिकाहरुमा पुस्तकालय राखिएका छन। फुर्सदको समयमा अध्यान गर्न चाहने ब्याक्तीहरुले पुस्तकालयमा गएर पुस्तक पढ्ने गर्दछन।पुस्तकालय भएका ठाउँमा बिभिद कार्यक्रमकाे आयाेजना गरि पुस्तकालय दिवस मनाउने गरिएकाे छ। गौरादह सामुदायिक पुस्तकालय र गौरादह सामुदायिक सिकाई केन्द्रले संयुक्तरूपमा पुस्तकालय दिवस मनाएका छन। मा.बि. स्तरीय बक्तृत्वकला प्रतियोगिता आयाेजना गरि जानकिश्वर शिवालय मन्दिरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाएका हुन्। गौरादहकाे सराेफेराेमा गौरादह सामुदायिक पुस्तकालयकाे महत्व बिषयमा बिद्यार्थीहरुले आफ्नाे भनाइ राखेका थिए।बक्तृत्वकला कार्यक्रममा गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका भित्रका १५ जना बिद्यार्थीहरु सहभागी भएका थिए। बक्तृत्वकला प्रतियोगितामा बाेल्ने अधिकांश बक्ताहरुले बर्तमान समयमा पुस्तकालयकाे महत्वका बारेमा चर्चा गरेका थिए। पुस्तकालयकाे महत्त्व धेरै भएतापनि अध्यान गर्न चाहने ब्याक्तीहरुकाे चाहना अनुसारका पुस्तक नहुदा समस्या देखिएकाे बक्ताहरुले धारणा राखेका थिए। प्रतियोगितामा नमुना अंग्रेजी मा.बि. गौरादह -७ कि छात्रा सुमेधा काेईराला प्रथम,माउन्ट एभरेष्ट मा.बि. गौरादह -१ कि छात्रा समृद्धि ढुङ्गाना दुतिय , ज्ञानकुन्ज मा.बि. गौरीगंजका छात्र किन्जल कुवर  तृतिय र अमर मा.बि. गौरादह -९ का छात्र अनुप घिमिरे सान्ताेना भएका थिए। बिजेता बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएकाे थियाे।   सामुदायिक सिकाई केन्द्र गौरादहका अध्यक्ष सुरेश कुमार पौडेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भाेजराज दाहाल प्रमुख अतिथि रहेका थिए। सामुदायिक पुस्तकालय गौरादह प्रमुख अम्बिका पौडेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा पुस्तकालयका सचिब चिन्तामणी काफ्लेले कार्यक्रमकाे संचालन गरेका थिए।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार