सामाजिक सञ्जालमा सिसनको प्रेम चर्चा
तर सिसन स्वयंले भने यो फोटो सेयर गरेका होइनन् । फेसबुकमा व्यापक सेयर भइरहेको यो फोटोमा धेरैले ती युवती र सिसन सम्बन्धमा रहेको हुनसक्ने अड्कल काट्दै सुखद् सम्बन्धको बधाई दिइरहेका छन् ।
सार्वजनिक तस्वीरमा सिसन र ती युवती निकै रोमान्टिक मुद्रामा छन् । सिसनले युवतीलाई उचाल्दै रमाएको देख्न सकिन्छ । यो दृश्य समुन्द्री किनारको हो भन्ने बुझ्न कठिन पर्दैन ।
सिसनले केही नभनेकाले ती युवतीसँग उनको सम्बन्ध के हो भने खुल्न सकेको छैन । यद्यपि, यी दुई एकअर्कामा कम्फर्टेबल देखिएको स्पष्ट छ । थुप्रै युवतीको रोजाइमा पर्ने सिसन पछिल्लो समय चर्चित भ्लगर हुन् । यसअघि उनको नाम पूर्वमिस नेपाल श्रृंखला खतिवडासँग जोडिएको थियो ।
सार्वजनिक तस्वीरको कमेन्टमा सिसनलाई शुभकामना र बधाई दिनेको ओइरो छ । यद्यपि, सिसन स्वयंले चाहिं यसबारे केही बताएका छैनन् ।
प्रतिक्रिया