इन्डो–नेपाल कराते च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई गोल्डेन सनराइजको बिदाइ
गौरादह, झापा । झापाको काकडभिट्टामा भोलि र पर्सि आयोजना हुने President Cup 2026 12th Indo-Nepal Karate Championship मा सहभागी हुने गोल्डेन सनराइज माध्यमिक विद्यालयका कराते खेलाडीलाई विद्यालयले बिदाइ गर्दै विजयको अग्रिम शुभकामना दिएको छ।
विद्यालयमा आयोजित बिदाइ कार्यक्रममा प्रधानाध्यापक राजकुमार कार्कीले प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई शुभकामना दिँदै खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि प्रोत्साहित गरेका थिए। खेलाडीहरू प्रतियोगितामा सहभागी हुन काकडभिट्टातर्फ प्रस्थान गरिसकेका छन्।
गौरादह–१ स्थित गोल्डेन सनराइज माध्यमिक विद्यालयले करातेसहित विभिन्न खेलकुद विधालाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई नियमित प्रशिक्षण दिँदै आएको छ। विद्यालयका कराते खेलाडीहरूले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।
विद्यालयका कराते प्रशिक्षक भरत मगरको प्रशिक्षणमा खेलाडीहरूले नियमित अभ्यास गर्दै आएका छन्। अनुशासित प्रशिक्षण, निरन्तर अभ्यास र प्रतियोगितामा प्राप्त अनुभवका कारण विद्यालयका कराते खेलाडीहरूले पछिल्लो समय विभिन्न प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गर्दै आएको विद्यालयले जनाएको छ।
आगामी प्रतियोगितामा पनि खेलाडीहरूले आफ्नो क्षमता प्रस्तुत गर्दै विद्यालय, गौरादह तथा झापाको नाम उच्च राख्ने अपेक्षा विद्यालयले गरेको छ। विद्यालय परिवारले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई विजयको अग्रिम शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनका लागि शुभेच्छा व्यक्त गरेको छ।
फुटसलमा ह्याट्रिक गर्ने खेलाडीसहित प्रशिक्षकलाई गोल्डेन सनराइजको उच्च सम्मान
गोल्डेन सनराइजले अध्ययनसँगै खेलकुदलाई पनि विद्यार्थीको व्यक्तित्व विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको छ। फुटबल, भलिबल, क्रिकेट, कराते, कबड्डीलगायतका खेलमा प्रशिक्षकको व्यवस्थासहित नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको विद्यालयले खेलाडीको प्रतिभा पहिचान र विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।
गौरादह, झापा । स्पोर्ट हब गौरादहको आयोजनामा सम्पन्न दुईदिने यू–१३ तथा यू–१६ अन्तरविद्यालय फुटसल प्रतियोगितामा दुवै उमेर समूहको उपाधि जित्न सफल गोल्डेन सनराइज माध्यमिक विद्यालयले आफ्ना खेलाडी तथा प्रशिक्षकलाई उच्च सम्मान गरेको छ।
गौरादह–१ स्थित विद्यालयले सप्ताहन्तमा आयोजना गर्ने नियमित कार्यक्रमको अवसर पारेर प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, विद्यालयका खेलकुद शिक्षक राम तामाङ र फुटसल प्रशिक्षक रोहन श्रेष्ठलाई सम्मान गरेको हो। कार्यक्रममा विद्यालय निर्देशक गणेश कुमार श्रेष्ठले खेलाडी तथा प्रशिक्षकलाई खादा तथा माला लगाइदिँदै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेर सम्मान गरे।
स्पोर्ट हब गौरादहमा आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा गोल्डेन सनराइजले यू–१३ र यू–१६ दुवै उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको हो। एउटै प्रतियोगितामा दुई फरक उमेर समूहको उपाधि हात पार्नु विद्यालयका लागि उल्लेखनीय उपलब्धि भएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा गोल्डेन सनराइजका खेलाडीहरूले पासिङ, बल नियन्त्रण, आक्रमण, रक्षात्मक रणनीति तथा टोलीगत समन्वयमा प्रभावशाली प्रदर्शन गरेका थिए। निर्णायक क्षणमा संयमित खेल प्रस्तुत गर्दै गोल गर्न सफल भएका खेलाडीहरूको प्रदर्शनले टोलीलाई दुवै उमेर समूहमा विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो।
विशेषगरी प्रतियोगितामा ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विद्यालयले विशेष प्राथमिकताका साथ सम्मान गरेको जनाएको छ। खेलाडीको व्यक्तिगत उत्कृष्टतासँगै टोलीको सफलता विद्यालयले सञ्चालन गर्दै आएको नियमित अभ्यास र व्यवस्थित प्रशिक्षणको परिणाम भएको विद्यालयको भनाइ छ।
गोल्डेन सनराइजका खेलकुद शिक्षक राम तामाङ र फुटसल प्रशिक्षक रोहन श्रेष्ठको प्रशिक्षण तथा योगदानले खेलाडीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै विद्यालयले उनीहरूको योगदानको समेत उच्च कदर गरेको छ।
गौरादह–१ मा रहेको गोल्डेन सनराइज माध्यमिक विद्यालयले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै विभिन्न खेलका प्रशिक्षकमार्फत नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको छ। विद्यालयमा फुटबल, भलिबल, क्रिकेट, कराते, कबड्डीलगायतका खेलमा प्रशिक्षण दिइँदै आएको विद्यालयले जनाएको छ। खेलकुदलाई व्यवस्थित रूपमा अघि बढाउन विद्यालयले खेलकुद एकेडेमीसमेत सञ्चालन गर्दै आएको छ।
विद्यालयका अनुसार निजी क्षेत्रका विद्यालयमध्ये गोल्डेन सनराइजले खेलकुद क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। विद्यालयका विद्यार्थीहरूले विभिन्न स्थानीय तथा अन्तरविद्यालय प्रतियोगितामा सहभागिता जनाउँदै उपाधि तथा व्यक्तिगत पुरस्कारसमेत हासिल गर्दै आएका छन्।
विद्यालयले खेलकुद गतिविधिले विद्यार्थीको शारीरिक तन्दुरुस्ती बढाउनुका साथै अनुशासन, नेतृत्व क्षमता, टोली भावना, आत्मविश्वास र निर्णय क्षमता विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने १०० बढी विद्यार्थी तथा खेलाडी बिद्यार्थीलाई समेत पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
विद्यालयले आगामी दिनमा विद्यार्थीको रुचि र प्रतिभा पहिचान गर्दै खेलकुद प्रशिक्षणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ। खेलाडीको मेहनत, प्रशिक्षकको योगदान र विद्यालयको निरन्तर लगानीलाई आगामी खेलकुद उपलब्धिको आधार बनाउने विद्यालयको तयारी छ।
प्रतिक्रिया