आश्विन ०२ २०८३, शुक्रबार

आजको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन?

आजको तपाईंको राशिफल : कुन राशिका लागि कस्तो रहला दिन?

आजको दिन तपाईंको राशिका लागि कस्तो छ? हेर्नुहोस् १२ राशिको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको मनमा चिडचिडापन र आवेग बढ्न सक्छकी भन्ने देखिन्छ । अनावश्यक विवाद वा कानुनी झमेला पनि पर्न सक्छ।   स्वास्थ्यमा सामान्य कमजोरी देखिए बेवास्ता नगर्नुहोस्। थोरै उपलब्धिका लागि पनि बढी परिश्रम गर्नुपर्ने अवस्था आउन सक्छ। विद्युतीय सामग्री, सञ्चार तथा धातुसम्बन्धी कारोबार गर्नेहरूका लागि दिन सकारात्मक रहन सक्छ। आलोचना वा आरोप लाग्न सक्ने भएकाले आफ्नो व्यवहारमा संयम अपनाउनुहोस्। रिस, द्वेष र अहंकारलाई नियन्त्रणमा राख्न सके दिन सहज बन्नेछ।
भाग्यबल : ६० प्रतिशत | शुभअङ्क : ६ | शुभरङ : पहेंलो | शुभदिशा : दक्षिण
मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः  ११ पटक

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परीक्षा, प्रतिस्पर्धा वा जागिरको अन्तर्वार्ताको तयारीमा हुनुहुन्छ भने थप मेहनत गर्नुपर्ने दिन हो। आफ्नो ज्ञान र अनुभवलाई व्यवहारमा उतार्न सके राम्रो परिणाम प्राप्त हुन सक्छ। आर्थिक पक्षबाट उत्साहजनक खबर आउन सक्छ। परिवार र सन्तानका विषयमा समय दिनुपर्ने हुन सक्छ। सम्झौता, करार वा व्यावसायिक सहमति गर्न पनि समय अनुकूल देखिन्छ। विवेकपूर्ण निर्णयले प्रतिष्ठा जोगाउन मद्दत गर्नेछ।
भाग्यबल : १० प्रतिशत | शुभअङ्क : ५ | शुभरङ : गाढा रातो | शुभदिशा : पूर्व
मन्त्र : ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः  ७ पटक

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज विश्वाससँग जोडिएका विषयमा सावधानी आवश्यक देखिन्छ। सामान्य कुराले पनि विवादको रूप लिन सक्ने भएकाले बोल्दा र निर्णय गर्दा संयम अपनाउनुहोस्। कानुनी प्रक्रिया तथा नियमको पालना गर्न विशेष ध्यान दिनुपर्छ। काममा अरूमाथि अन्धो भरोसा नगरी सहकर्मीसँग राम्रो समन्वय कायम गर्नु उपयोगी हुनेछ। धेरै काम एकैपटक सम्हाल्न खोज्दा महत्वपूर्ण काम छुट्न सक्छ। ठूला निर्णय लिनुअघि अनुभवी व्यक्तिको सुझाव लिनु लाभदायी हुनेछ।
भाग्यबल : ० प्रतिशत | शुभअङ्क : ४ | शुभरङ : सिम्रिक रातो | शुभदिशा : उत्तर
मन्त्र : ॐ नमश्चण्डिकायै  ९ पटक

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारमा आपसी समझदारी बढ्नेछ। साथीभाइ तथा आफन्तसँगको भेटघाटले मन खुसी बनाउन सक्छ। पुराना मित्रसँग पुनः भेट हुने र भविष्य, पढाइ वा कामका विषयमा महत्वपूर्ण छलफल हुन सक्छ। आफ्नो कामप्रति व्यवहारिक सोच राख्न सके आर्थिक लाभको बाटो खुल्न सक्छ। सामाजिक वा धार्मिक गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। आवश्यक परेका व्यक्तिलाई सहयोग गर्दा आत्मसन्तुष्टि प्राप्त हुनेछ।
भाग्यबल : ६५ प्रतिशत | शुभअङ्क : ३ | शुभरङ : गुलाबी/सिन्दुरे | शुभदिशा : पश्चिम
मन्त्र : ॐ विघ्नविनाशिने नमः  २१ पटक

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षमता देखाएर आर्थिक लाभसँगै प्रतिष्ठा कमाउने अवसर मिल्न सक्छ। नयाँ प्रविधि वा सामाजिक सञ्जालको सही प्रयोगबाट पनि फाइदा लिन सकिनेछ। व्यक्तिगत चाहना पूरा गर्न खर्च बढ्न सक्छ। आर्थिक दबाब परेको अवस्थामा सहकार्य वा पार्टनरको सहयोग उपयोगी हुन सक्छ। आम्दानीका सम्भावना राम्रा भए पनि बोली र व्यवहारमा सावधानी अपनाउनु आवश्यक छ। अरूले कमजोरी खोज्न सक्ने भएकाले गोपनीय विषयमा सतर्क रहनुहोस्।
भाग्यबल : २५ प्रतिशत | शुभअङ्क : २ | शुभरङ : सेतो/उज्यालो | शुभदिशा : दक्षिण
मन्त्र : ॐ घृणि सूर्याय नमः ७ पटक

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक चिन्ता र शंकालाई छाडेर नयाँ तरिकाले अघि बढ्ने समय हो। टुटेको सम्बन्ध पुनः जोडिने सम्भावना पनि देखिन्छ। मानसिक शान्ति बढ्ने र सकारात्मक अनुभूति हुने दिन छ। प्रिय व्यक्तिसँग भेटघाट हुन सक्छ भने पहिले गुमाइसकेको आशा वा वस्तु पुनः प्राप्त हुने सम्भावना छ। कामको व्यवस्थापनमा देखिएका कमजोरी सुधार गर्न ध्यान दिनुहोस्। नयाँ काम सुरु गर्दा सहकर्मी तथा सहयोगीको सुझाव उपयोगी हुन सक्छ।
भाग्यबल : ६० प्रतिशत | शुभअङ्क : १ | शुभरङ : हरियो | शुभदिशा : पूर्व
मन्त्र : ॐ बुं बुधाय नमः  ८ पटक

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक एउटै शैली र वातावरणबाट दिक्क लाग्न सक्छ। नयाँ कुरा सिक्ने र काम गर्ने तरिका परिवर्तन गर्ने इच्छा जाग्नेछ। आर्थिक योजना बनाउँदा बजेटको सन्तुलनमा ध्यान दिनुहोस्। लगानी गर्ने सोच छ भने त्यसका फाइदा र जोखिम दुवै पक्ष अध्ययन गरेर मात्र निर्णय गर्नु उचित हुन्छ। हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। कठिन अवस्थामा पनि विवेक गुमाउनुभएन भने आफ्नो प्रतिष्ठा कायम राख्न सकिनेछ।
भाग्यबल : ० प्रतिशत | शुभअङ्क : ३ | शुभरङ : सेतो | शुभदिशा : उत्तर
मन्त्र : ॐ महाकालाय नमः  २१ पटक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज व्यक्तित्व र आकर्षणका कारण अरूको ध्यान तान्न सकिनेछ। आम्दानी बढ्ने सम्भावना छ भने दीर्घकालीन लाभ दिने कामको सुरुवात हुन सक्छ। नयाँ कारोबार वा लगानीप्रति रुचि बढ्न सक्छ। योजनाअनुसार धेरै काम पूरा हुने देखिन्छ। घरपरिवारको वातावरण पनि सामान्यतया अनुकूल रहनेछ। यद्यपि सफलता वा प्रशंसाका कारण अहंकार बढ्न नदिनुहोस्।
भाग्यबल : ६५ प्रतिशत | शुभअङ्क : २ | शुभरङ : कलेजी | शुभदिशा : पश्चिम
मन्त्र : ॐ हिरण्यगर्भाय नमः ७ पटक

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम गर्ने टोली र व्यवस्थापन पक्षबीच राम्रो समन्वय कायम गर्न सकिनेछ। प्रविधिको प्रयोगले उत्पादन तथा कार्यक्षमतामा सुधार ल्याउन सक्छ। आज व्यस्तता बढी हुने भएकाले व्यक्तिगत तथा प्रेम सम्बन्धका लागि समय निकाल्न कठिन हुन सक्छ। शारीरिक थकानलाई बेवास्ता नगरी आरामका लागि पनि समय छुट्याउनुहोस्। करियर र पेशासम्बन्धी नयाँ सोच आउन सक्छ। निरन्तर प्रयास गरे कठिन विषयको समाधान खोज्न सकिनेछ।
भाग्यबल : ५५ प्रतिशत | शुभअङ्क : १ | शुभरङ : गाढा रातो | शुभदिशा : दक्षिण
मन्त्र : ॐ भास्कराय नमः  जप्ने ७ पटक

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चुनौतीपूर्ण परिस्थितिलाई आफ्नो पक्षमा पार्न सकिने दिन छ। काम गर्ने शैलीमा आवश्यक सुधार गर्न सके उपलब्धि हात लाग्न सक्छ। माथिल्लो तहका व्यक्तिलाई प्रभावित पार्ने अवसर मिल्न सक्छ। अचानक खुसी बनाउने खबर सुन्न पाइने सम्भावना छ। कामका कारण टाढाको यात्रा वा घरबाट बाहिर बस्नुपर्ने अवस्था आउन सक्छ। पार्टनरको सिर्जनात्मक कामबाट प्रेरणा मिल्नेछ। व्यावसायिक तनाव भए पनि व्यक्तिगत सम्बन्धका लागि केही समय छुट्याउनु राम्रो हुन्छ।
भाग्यबल : १५ प्रतिशत | शुभअङ्क : ९ | शुभरङ : हरियो | शुभदिशा : पूर्व
मन्त्र : ॐ ऐं श्रीं श्रीं बुधाय नमः  ८ पटक जप्ने 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोस्। आफ्नो चाहनाभन्दा परिवार तथा जीवनसाथीको भावनालाई पनि बुझ्ने प्रयास गर्नु लाभदायी हुनेछ। पुराना समस्या फेरि उठ्न सक्ने वा संवेदनशील कागजात सार्वजनिक हुने अवस्था आउन सक्ने भएकाले गोपनीय विषयमा सचेत रहनुहोस्। मनमा नकारात्मक विचार बढ्न नदिनुहोस्। सम्बन्धमा अनावश्यक गुनासो वा गलतफहमी बढ्ने व्यवहारबाट टाढा रहनु राम्रो हुन्छ।
भाग्यबल : ० प्रतिशत | शुभअङ्क : ८ | शुभरङ : गुलाबी/सिन्दुरे | शुभदिशा : उत्तर
मन्त्र : ॐ हं हनुमते नमः - २१ पटक जप्ने 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक रूपमा दिन सामान्य रहनेछ। तर मन केही भावुक र अस्थिर बन्न सक्छ। परिवारका आवश्यकतामा खर्च हुने सम्भावना छ। दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ। गीतसंगीत, साहित्य वा सिर्जनात्मक कामप्रति रुचि बढ्न सक्छ। कल्पनामा धेरै समय बिताउनुको सट्टा व्यवहारिक काममा ध्यान दिनु आवश्यक छ। सफलता प्राप्त गर्न थप मेहनत गर्नुपर्ने भएकाले अनावश्यक मनोरञ्जनमा समय खेर नफाल्नु राम्रो हुन्छ।
भाग्यबल : २० प्रतिशत | शुभअङ्क : ७ | शुभरङ : रातो | शुभदिशा : पश्चिम
मन्त्र : ॐ लक्ष्मीनारायणाभ्यां नमः  ११ पटक जप्ने।  

May be an image of textMay be an image of ‎text that says '‎गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय गौरादहगर परालिका कोशी प्रवेशहनेपाल 다.고-장O토크/마Y १९ ၃၀၃//မ बाइ्टा मन्दिर R0 २०5३/६/६ साईलेस उद्योग चिडरा मिल सम्म २१ हेक अधिकारी २०६३/६/७ 9842622591 शेठ्ठको किराना प्सस) सम्म २२ सबिना धिमाल २०5३/६/5 होरामारी शरजार 9842462377 सम्म २३ ၃၀၃/./၇ कार्यासय सम्म २४ २०5३/६/१० सघारभूत स्वा.से.केन्द्र-४ २५ सम्म マ0Cヨノパ/ス वालुबयान बजार عط सम्म ಂನ/ कल्पना निरौला खयरवारी शिवालय मन्दिर 9863718674 لا २७ सम्म २०६३/६/७ कमला पोखरेल कटकपुर शिवालय 9815953095 义 २ए SO고R/s/도 चप्रामारी जोशीको बर 노 २९ सम्म ಧೆಂಧವಿ/ಳಳ शन्तिषौक मन्दिर ခို၀ सम्म २०५३/६/१० स्वास्थय 39 सम्म 상O도원/토/노 जनज्योती मा.वि. ६ सम्म सुरिला राजवंशी 9816939369 ভবসবাহদ4 बरिष्ठ आरडोी औौरावट‎'‎May be an image of ‎ticket stub and ‎text that says '‎गौरादह नगरपालिका नगर कार्यपालिकाको कार्यालय गौरादह नगर पालिका ऋैकोशी प्रेर्सुशीेल 더.패:-구ㅇㄷ콩/다Y ब.मं. لالا २०५३/६/७ भुंडेसिमल नरिवल गाद्धी तेलगानी महाराजथान बजे ال सम्म २०६३/६/5 जोरपोल चौक 5 قالا सम्म २०६३/६/९ राजवंशी द حد सम्म 20드2/5/90 आधारभूत स्वास्थ्य सेवा केन्द्र-ए ४९ सम्म SO드콩/티X ဝ सम्म 2O주국/6/X बेदमाया खतिबडा लेखनाथ आा.वि. 9842657832 봇9 सुम्म २००३/६/६ टंककुमार शिवाकोटी 90 सिदविदाता आ.वि. 9805373668 १ ५२ सम्म २०5३/६/७ दैगुनधुरा बजार चौतारा ؟ 보ᄏ सम्म 3O53E/5 जीवनज्योती आ.वि. م सम्म २०६३/६/९ दहगाईी ९ 낯봇 सम्म ₹ದನಿ//೦ स्वास्ट्य चौकी बैगुनघरा वर्ज सम्म 42003 पर्रुराम भट्टराई) बरिष्ठ जनस्वास्थ्य अधिकृत पशुराम भूर अधिकत बरिक पशंरामताहथय जनस्वासथग गौरावह नगरपालिका तह‎'‎‎

प्रतिक्रिया

सम्बन्धित समाचार
बैशाख १२ २०८२,शुक्रबार
कार्तिक २९ २०८१,बिहिबार