आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि श्रीलङ्का गएको नेपाली टोलीले आजदेखि अभ्यास खेल खेल्दै
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आउँदो सेप्टेम्बरमा क्यानडामा हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खला खेल्दैछ । यो श्रृङ्खलामा घरेलु टोलीसँगै नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ । यसपछि नेपाली टोलीले आउँदो अक्टोबरमा अमेरिकामा हुने श्रृङ्खला हुनेछ । यो श्रृङ्खलामा घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ४ खेलमा २ अङ्कसहित सातौँ स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ जितसहित १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।
प्रतिक्रिया